सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

जलिरहेको अदालतसँग न्यायको आश, दर्ता भयो रिट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २८, २०८२
|
|
४१ पटक हेरिएको
Shares
जलिरहेको अदालतसँग न्यायको आश, दर्ता भयो रिट

सारांश

  • जेनजी युवा समूहको नाममा अराजक समूहले उच्च अदालत विराटनगरमा लगाएको आगो शुक्रबार दिउँसोसम्म निभेको थिएन ।
  • जलिरहेको अदालतमा शुक्रबार न्यायको आशसहित बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।
  • अराजक समूहले लगाएको आगोका कारण धुवाँ र खरानीले भरिएको अदालतमा भारतीय नागरिक ३७ वर्षीय शेर महम्मदको तर्फबाट रिट दर्ता भएको हो ।

२८ भदाै, विराटनगर ।

जेनजी युवा समूहको नाममा अराजक समूहले उच्च अदालत विराटनगरमा लगाएको आगो शुक्रबार दिउँसोसम्म निभेको थिएन । जलिरहेको अदालतमा शुक्रबार न्यायको आशसहित बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ । अराजक समूहले लगाएको आगोका कारण धुवाँ र खरानीले भरिएको अदालतमा भारतीय नागरिक ३७ वर्षीय शेर महम्मदको तर्फबाट रिट दर्ता भएको हो । उनी गत साउन १ गते लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका थिए । उनीविरुद्ध ४ पटक म्याद थप भइसकेको छ । अनुसन्धान जारी रहेका बेला अदालतमा आगजनी भएका कारण प्रहरीले उनीविरुद्ध म्याद थप गरेको थिएन ।

गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सञ्जीवकुमार साहले उच्च अदालत विराटनगरमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका हुन् । रिटको सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको अदालतका रजिष्ट्रार जगदीशप्रसाद भट्टले बताए । उनका अनुसार रिट दर्ता हुँदा अदालत जलिरहेको थियो । जलेर खण्डहर भएको अदालतमा रिट दर्ता हुनुले कानुनी अधिकारको बाटो खुला रहेको सन्देश दिएको उच्च अदालत विराटनगर बार एसोसिएसनका सचिव अधिवक्ता विनोदकुमार तिमल्सिनाले बताए । जलिरहेको अदालतमा रिट दर्ता हुनु र सुनुवाइका लागि पेसी तोकिनुले संरचना जलेपनि कानुनी उपचारको बाटो खुला रहेको सन्देश दिएको उनले बताए ।

खण्डहर भयो अदालत

भट्टका अनुसार उच्च अदालत विराटनगर खण्डहर भएको छ । अदालतको भुइँ तालामा रहेका कार्यालयकाे कक्ष र फाँट जलेर नष्ट भएका छन् ।अभिलेख शाखामा रहेका सबै मिसिल र कागजात जलेको छ । बचेका केही कागजात पनि काम लाग्ने अवस्थामा छैनन । थोरै मात्र मिसिल काम लाग्ने अवस्थामा छन् । अराजक समूहले अदालत परिसरमा पार्किङ गरिएका ११ वटा चार पांग्रे सवारी जलाएका छन् । जलेको मोटरसाइकलको संख्या यकिन भइसकेको छैन । आगजनीको क्रममा ३–४ वटा मोटरसाइकल चोरी भएको थियो । उनका अनुसार अदालतमा नजलेका सामग्री चाेरी भएकाे थियाे । उनका अनुसार अदालतकाे सरसफाइ र क्षतिकाे विवरण संकलन भइरहेकाे छ । अभिलेख शाखामा रहेकाे ६५ हजार बढी मुद्दाकाे मिसिल जलेकाे उनले बताए । अदालतमा हाल १ हजार हाराहारी मुद्दाकाे मिसिल मात्रै बाँकी छ । मिसिलकाे यकिन विवरण आइतबार थाहा हुने भट्टले बताए । आगजनीका कारण जिल्ला अदालत माेरङ पनि खण्डहर भएकाे छ । दशैं-तिहार अघि जिल्ला अदालतले सेवा प्रवाह गर्न सक्ने अवस्था छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन तहकै सरकारले विशेष कार्यक्रमगरी मंगलबार विश्व क्षयरोग दिवस मनाउने
तीन तहकै सरकारले विशेष कार्यक्रमगरी मंगलबार विश्व क्षयरोग दिवस मनाउने
कञ्चनपुरमा एक लाख नगदसहित १२ जना जुवाडे पक्राउ
कञ्चनपुरमा एक लाख नगदसहित १२ जना जुवाडे पक्राउ
पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी
पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी
वडा स्तरीय टोल सुधार समितिद्वारा खैरामाइ मन्दिरको सरसफाइ
वडा स्तरीय टोल सुधार समितिद्वारा खैरामाइ मन्दिरको सरसफाइ
दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु
दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु
नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी
नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी
कुलमानसँग भारतीय राजदूतले गरे भेटवार्ता, के भयो कुराकानी ?
कुलमानसँग भारतीय राजदूतले गरे भेटवार्ता, के भयो कुराकानी ?
सुनको मूल्य घट्यो, चाँदी बढ्यो
सुनको मूल्य घट्यो, चाँदी बढ्यो
२९ पुसको मध्यरातमा कांग्रेसको सदस्यता नवीकरण प्रणाली ‘लक’ हुने
२९ पुसको मध्यरातमा कांग्रेसको सदस्यता नवीकरण प्रणाली ‘लक’ हुने
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता