लागुऔषध ब्राउन सुगर र गाँजासहित ६ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २१, २०८२
|
|
४८ पटक हेरिएको
Shares
लागुऔषध ब्राउन सुगर र गाँजासहित ६ जना पक्राउ

सारांश

  • सुनसरी, झापा र धनकुटाबाट लागुऔषध ब्राउन सुगर र गाँजासहित ६ जना पक्राउ परेका छन् ।
  • सुनसरीको इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भोक्राहा नरसिंह गाउँपालिका-३ का ३१ वर्षीय प्रभुनारायण यादवलाई २ ग्राम ९४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
  • यसैगरी इटहरी- १७ का २४ वर्षीय बलराम चौधरी, इटहरी- १९ का ३२ वर्षीय अरवीन्द्र भण्डारीलाई १२ ग्राम ३ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२१ असार, सुनसरी ।

सुनसरी, झापा र धनकुटाबाट लागुऔषध ब्राउन सुगर र गाँजासहित ६ जना पक्राउ परेका छन् । सुनसरीको इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भोक्राहा नरसिंह गाउँपालिका-३ का ३१ वर्षीय प्रभुनारायण यादवलाई २ ग्राम ९४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

यसैगरी इटहरी- १७ का २४ वर्षीय बलराम चौधरी, इटहरी- १९ का ३२ वर्षीय अरवीन्द्र भण्डारीलाई १२ ग्राम ३ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी इलाका प्रहरी कार्यालय अनारमनी झापाले इलाम नगरपालिका- ९ का २५ वर्षीय गंगाराम चौहान र २० वर्षीय सुजन अधिकारीलाई २ सय २० मिलिग्राम ब्राउन सुगरसहित र इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाले पाख्रिवास नगरपालिका- ८ का भीमबहादुर राई ७ किलोग्राम गाँजासहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?