भोजपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ११, २०८१
|
|
२६ पटक हेरिएको
Shares
भोजपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर

सारांश

  • जिल्लाको बोखिममा जीप दुर्घटना हुँदा घाइते भएका एकजनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा परी घाइते भएका १० मध्ये गम्भीर अवस्थामा रहेका तीनजनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
  • भोजपुरबाट टेम्कैमैयुङ गाउँपालिकाको चखेवातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ६९२३ नं को जीप आज बिहान भोजपुर नगरपालिका–५, बोखिममा दुर्घटना हुँदा जीपमा सवार ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

ट११ पुस,  क्सार (भोजपुर) । जिल्लाको बोखिममा जीप दुर्घटना हुँदा घाइते भएका एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १० मध्ये गम्भीर अवस्थामा रहेका तीनजनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

भोजपुरबाट टेम्कैमैयुङ गाउँपालिकाको चखेवातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ६९२३ नं को जीप आज बिहान भोजपुर नगरपालिका–५, बोखिममा दुर्घटना हुँदा जीपमा सवार ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । घाइते एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घले रहेका उनले जानकारी दिए ।

गम्भीर घाइते भोजपुर नगरपालिका–५ का लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका–२ का इहायाराना सुब्बालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित केएमसी अस्पताल पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । घाइते अन्यको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ । उनले दुर्घटनामा झापा गौरादहका ६६ वर्षीय झम्कबहादुर घले,

सोही ठाउँकी ५८ वर्षीया देवीकला घले, इलामका ४२ वर्षीय नविनकुमार राई, निजका ३१ म्हिनाका छोरा निगेल राई, भोजपुर बोखिमका ३५ वर्षीया लाक्पादिकी शेर्पा, बोमिमका ४० वर्षीया जुनुका राई, सोही ठाउँका रामकुमार राई, चालक धरानका ४० वर्षीय सुदिप लिम्बु, बोखिमका ४१ वर्षीय राजकुमार राई, धरानका ३८ वर्षीया इयाहाराना सुब्बा र इलामका ३३ वर्षीया मेनुका घले घाइते भएका जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदान गर्न पाउने विदेशमा रहेका नेपालीहरुको नैसर्गिक अधिकार हो : डा.वाग्ले
मतदान गर्न पाउने विदेशमा रहेका नेपालीहरुको नैसर्गिक अधिकार हो : डा.वाग्ले
देश उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीको : शेखर कोइराला
देश उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीको : शेखर कोइराला
पर्सामा हैजाविरुद्धको खोप अभियान सुरु, ६ लाख ५४ हजारलाई दिइने 
पर्सामा हैजाविरुद्धको खोप अभियान सुरु, ६ लाख ५४ हजारलाई दिइने 
टिकटक बन्देजविरुद्ध सर्वोच्च पुग्यो ५ रिट
टिकटक बन्देजविरुद्ध सर्वोच्च पुग्यो ५ रिट
भाटभटेनी लुटपाटमा संलग्न ९ जना पक्राउ
भाटभटेनी लुटपाटमा संलग्न ९ जना पक्राउ
दुर्गा प्रसाईँको उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश
दुर्गा प्रसाईँको उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश
स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल भवन उद्घाटन
स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल भवन उद्घाटन
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीले देखाए कालो झण्डा
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीले देखाए कालो झण्डा
बजेट संशोधन गदै काठमाडौं महानगर, बोलाइयो नगरसभा
बजेट संशोधन गदै काठमाडौं महानगर, बोलाइयो नगरसभा
पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल
पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल