टिपरको ठक्करबाट २ युवाको मृत्यु भएपछि दाङमा प्रदर्शन, गाउँपालिका उपाध्यक्षसहित पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष १, २०८०
|
|
५२ पटक हेरिएको
Shares
टिपरको ठक्करबाट २ युवाको मृत्यु भएपछि दाङमा प्रदर्शन, गाउँपालिका उपाध्यक्षसहित पक्राउ

सारांश

  • दाङमा टिपरको ठक्करबाट दुई युवकको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध पारेर प्रदर्शन गरेका छन् ।
  • शुक्रबार राति टिप्परको ठक्करबाट प्युठानका दुई युवाको मृत्युको घटनालाई लिएर आइतवार बिहानदेखि प्रदर्शन भएको हो ।
  • सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रहरीले मृतकका केही आफन्तलाई नियन्त्रणमा लिएको छ ।

१ पुस, दाङ । दाङमा टिपरको ठक्करबाट दुई युवकको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध पारेर प्रदर्शन गरेका छन् ।

शुक्रबार राति टिप्परको ठक्करबाट प्युठानका दुई युवाको मृत्युको घटनालाई लिएर आइतवार बिहानदेखि प्रदर्शन भएको हो । सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रहरीले मृतकका केही आफन्तलाई नियन्त्रणमा लिएको छ । मृतकका परिवारले उचित क्षतिपूर्तिको व्यवस्था र टिपर चालकलाई कारबाही नभएसम्म शव नउठाउने भन्दै आइतबार दाङ बन्दको आह्वान गरेका छन्।

सोही क्रममा आइतबार बिहानदेखि सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, नौबहीनी गाउँपालिका-६ का वडाअध्यक्ष मानबहादुर केसी र मृतक दुई युवाका दाजु तथा मामा राजेश जिसीलगायतलाई प्रहरीले नियन्त्रण लिएको हो। टिपर व्यवसायी र पीडित पक्षबीच शनिबार दिनभर वार्तासमेत भएको थियो । वार्ता सफल हुन नसकेपछि घोराही-तुलसीपुर सडकखण्ड अवरुद्ध गर्ने पीडित पक्षले चेतावनी दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै
साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै
हमासलाई ट्रम्पको ‘अन्तिम चेतावनी’: बन्धकहरू रिहा गरेनौ भने एकजना बाँकी रहने छैनौ
हमासलाई ट्रम्पको ‘अन्तिम चेतावनी’: बन्धकहरू रिहा गरेनौ भने एकजना बाँकी रहने छैनौ
यार्सा टिप्न गएका २ जनाको मृत्यु, १ जना सिकिस्त
यार्सा टिप्न गएका २ जनाको मृत्यु, १ जना सिकिस्त
इन्जिनियरका दुःख, एसोसिएसनको चुनाव र उठाइनुपर्ने मुद्दाहरू
इन्जिनियरका दुःख, एसोसिएसनको चुनाव र उठाइनुपर्ने मुद्दाहरू
पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ : प्रचण्ड
पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ : प्रचण्ड
बालबालिकासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुपर्नेमा सांसदहरुको जोड
बालबालिकासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुपर्नेमा सांसदहरुको जोड
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने
दसैंमा सुनसान भयो काठमाडौं उपत्यका
दसैंमा सुनसान भयो काठमाडौं उपत्यका
पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृ*त्यु
पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृ*त्यु
मालिकामा विपन्नको निः शुल्क स्वास्थ्य बिमा
मालिकामा विपन्नको निः शुल्क स्वास्थ्य बिमा