अर्घाखाँचीको शितगंगामा बस दुर्घटना, चार जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
३४ पटक हेरिएको
Shares
अर्घाखाँचीको शितगंगामा बस दुर्घटना, चार जनाको मृत्यु

सारांश

  •   अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।
  •  शितगंगा नगरपालिका वडा नम्बर–२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २७ जना घाइते छन् ।
  • त्यसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

१३ चैत, काठमाडौं । 

अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।  शितगंगा नगरपालिका वडा नम्बर–२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २७ जना घाइते छन् । त्यसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँची गएको बस फर्किँदै थियो । लु २ ख ३०३ नम्बरको पश्चिम नेपालको बस फर्किने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा च्याँपिएर तीन महिला र एक पुरुषको मृत्यु भएको हो । मृतकको परिचय भने खुलेको छैन ।  उद्धारपछि घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि
नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि
स्वास्थ्य सहायतालाई एकीकृत गरेर व्यवस्थापन गर्छौँ : स्वास्थ्यमन्त्री
स्वास्थ्य सहायतालाई एकीकृत गरेर व्यवस्थापन गर्छौँ : स्वास्थ्यमन्त्री
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम
स्मार्ट लाइसेन्सको डेटा सुरक्षित, पञ्जीकरण विभागको मेसिनबाट छाप्ने तयारी
स्मार्ट लाइसेन्सको डेटा सुरक्षित, पञ्जीकरण विभागको मेसिनबाट छाप्ने तयारी
बालकुमारी घटना : ८ बुँदे माग पूरा नगरेसम्म मृतकका आफन्तले शव नबुझ्ने
बालकुमारी घटना : ८ बुँदे माग पूरा नगरेसम्म मृतकका आफन्तले शव नबुझ्ने
सुनको भाउमा नयाँ रेकर्ड, नाघ्यो २ लाख
सुनको भाउमा नयाँ रेकर्ड, नाघ्यो २ लाख
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै
जिम्मेवारी पन्छाउने कर्मचारीमथि अब अख्तियारको कारबाही
जिम्मेवारी पन्छाउने कर्मचारीमथि अब अख्तियारको कारबाही
कारागारबाट भागेका ४ जना विदेशी कैदीबन्दी पक्राउ
कारागारबाट भागेका ४ जना विदेशी कैदीबन्दी पक्राउ