सुनको भाउमा नयाँ रेकर्ड, नाघ्यो २ लाख

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १३, २०८२
|
|
३७ पटक हेरिएको
Shares
सुनको भाउमा नयाँ रेकर्ड, नाघ्यो २ लाख

सारांश

  • शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
  • यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको छ ।
  • आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ ।

१३ भदौ, काठमाडौं ।

शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको छ । आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १२ सय रुपैयाँले सुन महँगिएको हो । यसअघि साउन २३ गते १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनेको थियो ।

त्यस्तै चाँदी प्रतितोला ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २३५५ रुपैयाँ रहेको चाँदी आज २३६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि उच्चतम हो । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपाली बजारमा पनि प्रभाव परेको महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए ।

‘अन्तर्राष्ट्रिय बजारमा जसरी मूल्य घटबढ हुन्छ, त्यसैगरी नेपाली बजारमा समायोजन हुँदै आएको छ’ उनले भने ।  अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३४ सय डलर नाघेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इम्बोस्ड नम्बर प्रणालीको विरोधमा राप्रपाले बुझायो ज्ञापनपत्र
इम्बोस्ड नम्बर प्रणालीको विरोधमा राप्रपाले बुझायो ज्ञापनपत्र
एसईई: सिराहामा नेपाली विषयको प्रश्नपत्र बाहिरियो
एसईई: सिराहामा नेपाली विषयको प्रश्नपत्र बाहिरियो
अब नियुक्ति लिनुअघि नै सम्पत्ति विवरण बुझाउनुपर्ने
अब नियुक्ति लिनुअघि नै सम्पत्ति विवरण बुझाउनुपर्ने
आउँदो वर्षको एसिया कप टी-२० ढाँचामा, नेपाललाई देख्न नपाइने
आउँदो वर्षको एसिया कप टी-२० ढाँचामा, नेपाललाई देख्न नपाइने
बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण
बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण
​​​​​​​उर्जामन्त्रीको दाबी- सरकारले बक्यौता रकम नउठाए हुन्छ भनेकै छैन
​​​​​​​उर्जामन्त्रीको दाबी- सरकारले बक्यौता रकम नउठाए हुन्छ भनेकै छैन
भागिरहेका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरीको मृत्यु
भागिरहेका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरीको मृत्यु
सर्लाहीको कविलासीमा स्थापना गरिएको आँखा उपचार केन्द्र सञ्चालनमा
सर्लाहीको कविलासीमा स्थापना गरिएको आँखा उपचार केन्द्र सञ्चालनमा
सेनाका जवान काठमाडौँबाट पेस्तोलसहित पक्राउ
सेनाका जवान काठमाडौँबाट पेस्तोलसहित पक्राउ
चितवनमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु
चितवनमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु