आज सङ्घीय संसद्का दुवै बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २४, २०८२
|
|
२५ पटक हेरिएको
Shares
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै

सारांश

  • आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।
  • सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ ।

२४ असार, काठमाडौँ ।

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । यसैगरी, अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा अवैध ‘ट्रान्स पार्टी’, ३८ जना समातिँदा १२ जनाविरुद्ध मुद्दा
पोखरामा अवैध ‘ट्रान्स पार्टी’, ३८ जना समातिँदा १२ जनाविरुद्ध मुद्दा
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
लगातार छैटौं दिन बढ्यो सेयर बजार, साढे ६ अर्ब नाघ्यो कारोबार
लगातार छैटौं दिन बढ्यो सेयर बजार, साढे ६ अर्ब नाघ्यो कारोबार
एपीएफ स्कुलमा घोटाला : लेखा अधिकृत गुरुङविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान
एपीएफ स्कुलमा घोटाला : लेखा अधिकृत गुरुङविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान
सबै बेरुजुलाई भ्रष्टचार देख्ने आँखाहरु पनि भ्रष्टाचारी हुन् : बास्कोटा
सबै बेरुजुलाई भ्रष्टचार देख्ने आँखाहरु पनि भ्रष्टाचारी हुन् : बास्कोटा
समस्याग्रस्त सहकारीको कर्जा अशुली गरी बचतकर्ताको रकम फिर्ताको घोषणा
समस्याग्रस्त सहकारीको कर्जा अशुली गरी बचतकर्ताको रकम फिर्ताको घोषणा
अध्यक्षले एक घण्टामा बन्छ भनेको हुलाकी सडक तीन दिनसम्म पनि बनेन
अध्यक्षले एक घण्टामा बन्छ भनेको हुलाकी सडक तीन दिनसम्म पनि बनेन
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने
संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा भूकम्प
संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा भूकम्प
घुससहित रङ्गेहात पक्राउ परेका इन्जिनियर भ्रष्टाचारमा दोषी ठहर
घुससहित रङ्गेहात पक्राउ परेका इन्जिनियर भ्रष्टाचारमा दोषी ठहर