Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १८, २०८२
|
|
६७ पटक हेरिएको
Shares
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने

सारांश

  •   अब नेपालमा एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय रुपैयाँ (भारु) चलनचल्तीका लागि बाटो खुलेको छ ।
  • भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया–आरबीआई) ले नेपालमा ठूला दरका भारु चलाउन (सटही) अनुमति दिएको हो ।
  • हाल नेपालमा एक सय रुपैयाँ दरको भारु मात्र चलनचल्तीमा छ ।

१८ मंसिर, काठमाडौं । 

अब नेपालमा एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय रुपैयाँ (भारु) चलनचल्तीका लागि बाटो खुलेको छ । भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया–आरबीआई) ले नेपालमा ठूला दरका भारु चलाउन (सटही) अनुमति दिएको हो । हाल नेपालमा एक सय रुपैयाँ दरको भारु मात्र चलनचल्तीमा छ । भारतले अनुमति दिएसँगै सयसँगै ठूला दरका भारु चलाउन पनि पाइने भएको हो ।

तर, उक्त व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले परिपत्र (निर्देशन) जारी गर्नुपर्नेछ । किनकि राष्ट्र बैंकको निर्देशनकै कारण हाल एक सयभन्दा ठूला दरका भारु चलनचल्तीमा छैनन् । यसकारण राष्ट्र बैंकले परिपत्र जारी गरेपछि मात्र नागरिकले ठूला दरका भारु चलनचल्तीमा ल्याउन पाउनेछन् । हाल भारतमा ठूला दरका १ सय, २ सय र २ हजार दरका नोट चलनचल्तीमा छन् । तर, सन् २०२३ देखि भारतले २ हजार दरका नयाँ नोट छाप्न छाडेको छ । यसकारण आरबीआईले गरेको नयाँ व्यवस्थाले २ सय र ५ सय दरका भारु नेपालमा सटहीका लागि बाटो खोलिदिएको हो ।


सन् २०१६ मा भारतले ५ सय र १०० दरका नोट चलनचल्तीबाट हटाएपछि नेपालमा भएका ती दरका नोट अझै साटिएका छैनन् । यसकारण राष्ट्र बैंकले ठूला दरका भारु चलनचल्तीमा नल्याउने (सटही नगर्ने) निर्देशन जारी गरेको थियो । अहिले भारतले भारतले भारु २५ हजारसम्म नेपाल र भुटान ल्याउन/लैजान (आयात/निर्यात) अनुमति दिएको हो । यसअघि भारु २५ हजारसम्म भारतबाट ल्याउन अनुमति भएपनि लैजान पाउने व्यवस्था थिएन ।

यो व्यवस्थाले नेपाल र भारत दुवै देशका नागरिकलाई सुविधा पुग्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताए । खासगरी नेपालमा भ्रमण आउने भारतीय पर्यटक र भारत भ्रमणमा जाने नेपालीका लागि यो सुविधाले विशेष राहत पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनसरी घटनाको विरोधमा राजविराजमा पनि प्रदर्शन
सुनसरी घटनाको विरोधमा राजविराजमा पनि प्रदर्शन
संसदमा ६ अध्यादेश पेश हुँदै, दलका शीर्षनेताले बोल्ने
संसदमा ६ अध्यादेश पेश हुँदै, दलका शीर्षनेताले बोल्ने
इनिशा विक हत्या प्रकरणः दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन
इनिशा विक हत्या प्रकरणः दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन
टीयू क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध
टीयू क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध
काठमाडौँ महानगरले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक
काठमाडौँ महानगरले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक
देशभरका लघुवित्त पीडित काठमाडौंमा, माग पूरा नभए घर नफर्किने
देशभरका लघुवित्त पीडित काठमाडौंमा, माग पूरा नभए घर नफर्किने
कान्ति लोकपथ र हेटौंडा-भैंसे सडकमा राति सवारी रोक
कान्ति लोकपथ र हेटौंडा-भैंसे सडकमा राति सवारी रोक
गण्डकीमा एमाले सांसदले बजेटको हिसाब नमिलेको बताएपछि संसद स्थगित
गण्डकीमा एमाले सांसदले बजेटको हिसाब नमिलेको बताएपछि संसद स्थगित
पर्साबाट  एक करोड रुपैयाँ बराबरको अवैध औषधिको ट्रक नियन्त्रणमा
पर्साबाट एक करोड रुपैयाँ बराबरको अवैध औषधिको ट्रक नियन्त्रणमा
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य