ललितपुर महानगरको नयाँ प्रशासकीय भवन उद्घाटन, सेवा अझै प्रभावकारी हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २०, २०८२
|
|
६७ पटक हेरिएको
Shares
ललितपुर महानगरको नयाँ प्रशासकीय भवन उद्घाटन, सेवा अझै प्रभावकारी हुने

सारांश

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नयाँ प्रशासकीय भवनको उद्घाटन समारोहमा महानगरको काम–कारबाही थप प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
  • कार्यक्रममा बोल्दै मेयर महर्जनले यो दिन ललितपुर महानगरपालिकाका लागि ऐतिहासिक रहेको बताए ।
  • ‘हामी जति काम गर्दै छौं, त्यसमा अझ ऊर्जा थपिएको छ ।

२० मंसिर, ललितपुर ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नयाँ प्रशासकीय भवनको उद्घाटन समारोहमा महानगरको काम–कारबाही थप प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै मेयर महर्जनले यो दिन ललितपुर महानगरपालिकाका लागि ऐतिहासिक रहेको बताए । ‘हामी जति काम गर्दै छौं, त्यसमा अझ ऊर्जा थपिएको छ । सबैको प्रतिनिधित्व हुने गरी काम गर्दै आएका छौं,’ उनले भने । उनले महानगरले गरेको काम अन्य स्थानीय तहका लागि पनि एक किसिमको ‘असल अभ्यास’ बनेको बताए ।

मेयर महर्जनले ललितपुर महानगरपालिका देशकै जेष्ठतम नगरपालिका भएको उल्लेख गर्दै त्यसअनुसार काम र व्यवहारमा उच्च आचारसंहिता तथा विधि पालनामा आफूहरू सजग रहेको बताए । उनले भने, ‘ललितपुर महानगरपालिका नेपालकै जेष्ठतम नगरपालिका हो । जेष्ठतम नगारपालिकाले कुनै पनि काम गर्दा, कुनै ठाउँमा वकतव्य दिँदा एकदमै विधि पुर्याएर काम कुरो गर्नुपर्छ । कसैले भन्ने सक्ने गरी काम कुरो गर्नु हुँदैन । यसमा हामी निकै नै सशंकित छौं । हामीले जे गर्छौं, जे बोल्छौं । हामी  गरेरै  देखाउँछौं । सबैलाई काम गरेर प्रत्याभूति नै  देखाएका छौं ।’ उनले महानगरले बोलेका कुरा काम गरेर देखाउने परम्परा स्थापित गरेको दाबी पनि गरे । उनले जे गर्छौं, जे बोल्छौं, गरेरै देखाएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?