नारायणघाट–बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ ७, २०८२
|
|
३२ पटक हेरिएको
Shares
नारायणघाट–बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

सारांश

  • पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातको समयमा १० घण्टा पूर्णरुपमा बन्द हुने भएको छ ।
  • यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले आजदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्ण रुपमा बन्द गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय (एडीबी)ले जनाएको छ ।
  • आयोजना निर्देशनालयका निर्देशक इञ्जिनियर चुडाराज ढकालले शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार आजदेखि रातिको समयमा सडकमा यातायात सञ्चालनमा रोक लगाइएको हो ।

७ असार, नवलपरासी ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातको समयमा १० घण्टा पूर्णरुपमा बन्द हुने भएको छ । यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले आजदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्ण रुपमा बन्द गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय (एडीबी)ले जनाएको छ ।

आयोजना निर्देशनालयका निर्देशक इञ्जिनियर चुडाराज ढकालले शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार आजदेखि रातिको समयमा सडकमा यातायात सञ्चालनमा रोक लगाइएको हो ।  निर्माणाधीन नारायणघाट–बुटवल सडकको दुम्कीबासस्थित विनयी खोला पुलको डाइभर्सन सडक वर्षाले बारम्बार बगाइरहेकाले सो स्थानमा बनेको नयाँ पुल सञ्चालनमा नआउने बेलासम्म रातिमा सडकमा यातायात सञ्चालन बन्द गर्ने निर्णय भएको छ”, उनले भने ।  दाउन्ने खण्डको केही स्थानमा ग्राबेल राखेर सडक मर्मत गर्ने काम भइरहेकाले दाउन्नेमा सहज रुपमा यातायात सञ्चालन नहुने बेलासम्मका लागि रातिमा सडक बन्द गरिएको उनको भनाइ छ ।

उक्त सडक खण्डमा ठूला र मालवाहक सवारीसाधन भने आजदेखि चौबिसै घण्टा सञ्चालन गर्न नदिने गरी रोक लगाइएको ढकालले बताए ।  ठूला र मालवाहक सवारीसाधनलाई नारायणघाट–बुटवल सडकको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै निर्देशक ढकालले साना सवारीसाधनसमेत सडकको अवस्था हेरेरमात्रै दिउँसोमा यात्रा गर्न सुझाव दिए ।   चार लेनमा विस्तार भइरहेको यस सडकको दाउन्ने खण्डमा सामान्य पानी पर्दा हिलोका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदै आएको छ । विनयी खोलामा आउने बाढीले यहाँ निर्माण गरिएको डाइभर्सन बगाउँदा पटकपटक यातायात सञ्चालनमा अवरोध हुने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी छानबिन समितिले आज संसदमा प्रतिवेदन पेस गर्ने
सहकारी छानबिन समितिले आज संसदमा प्रतिवेदन पेस गर्ने
हुम्लाको एक विद्यालयमा आगलागी हुँदा सम्पुर्ण शैक्षिक सामाग्री खरानी
हुम्लाको एक विद्यालयमा आगलागी हुँदा सम्पुर्ण शैक्षिक सामाग्री खरानी
परिवर्तनप्रेमी शक्तिबीच एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड
परिवर्तनप्रेमी शक्तिबीच एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड
ज्ञानेन्द्र शाहीलाई पन्तको जवाफ– राष्ट्रियसभा वृद्धाश्रम होइन
ज्ञानेन्द्र शाहीलाई पन्तको जवाफ– राष्ट्रियसभा वृद्धाश्रम होइन
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गर्न डा. शेखरको प्रस्ताव
आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गर्न डा. शेखरको प्रस्ताव
वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै विरोध प्रदर्शन
वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै विरोध प्रदर्शन
हावाहुरीले केराखेतीमा ५१ लाखको क्षति
हावाहुरीले केराखेतीमा ५१ लाखको क्षति
नवलपुरमा सेप्टिक ट्यांकभित्र निस्सासिएर बेहोस भएका तीनै जनाको मृत्यु
नवलपुरमा सेप्टिक ट्यांकभित्र निस्सासिएर बेहोस भएका तीनै जनाको मृत्यु
भारतसँगको पाँचौं टेस्टमा जित निकाल्दै अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा
भारतसँगको पाँचौं टेस्टमा जित निकाल्दै अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा