प्रहरीको चेकिङमा एम्बुलेन्स भित्र लागूऔषध फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
३१ पटक हेरिएको
Shares
प्रहरीको चेकिङमा एम्बुलेन्स भित्र लागूऔषध फेला

सारांश

  • काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ स्थित इलाका प्रहरी कार्यालय मंगलटारको प्रहरी टोलीले बिरामी बोक्ने एम्बुलेन्स चेकजाँच गर्दा लागुऔषध फेला परेको हो।
  • ज १ च १९०८ नम्बरको एम्बुलेन्सबाट अवैध लागुऔषध ओसार पसार हुन्छ भन्ने सूचना आएपछि चेक गर्दा विभिन्न परिमाणका लागू औषध भेटिएको प्रहरीको भनाई छ ।
  • मंसिर २० गते ५ बजे बिपी राजमार्गको सडक हुँदै काठमाडौं जाँदै गरेको एम्बुलेन्सलाई प्रहरीले चेक जाँच गरेको थियो ।

२१ मंसिर, काभ्रे :  बिरामी बोक्ने एम्बुलेन्समा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ स्थित इलाका प्रहरी कार्यालय मंगलटारको प्रहरी टोलीले बिरामी बोक्ने एम्बुलेन्स चेकजाँच गर्दा लागुऔषध फेला परेको हो।

ज १ च १९०८ नम्बरको एम्बुलेन्सबाट अवैध लागुऔषध ओसार पसार हुन्छ भन्ने सूचना आएपछि चेक गर्दा विभिन्न परिमाणका लागू औषध भेटिएको प्रहरीको भनाई छ । मंसिर २० गते ५ बजे बिपी राजमार्गको सडक हुँदै काठमाडौं जाँदै गरेको एम्बुलेन्सलाई प्रहरीले चेक जाँच गरेको थियो । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार, मंसिर २० गते राति  शंकास्पद अवस्थामा ४४ वर्षीय सुरेश मिजार रहेको प्रहरीले जनाएको छ ।  मिजार रोशी गाउँपालिका-६ का स्थायी बासिन्दा हुन्। प्रहरीले पक्राउ गरेका व्यक्तिको साथबाट विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको छ। बरामद सामानहरूमा नोफिन – २ मि.लि. का १००० भाइल, डाइजेपाम -२ मि.लि. का १००० भाइल,फेनरगन-२ मि.लि. का १००० भाइल छ ।

प्रहरीले मिजारलाई नियन्त्रणमा लिएपछि उनको साथमा रहेको सवारी साधनसमेत जाँच गर्दा झोलाभित्र विभिन्न कम्पनीका लागू औषध फेला परेको थियो। प्रहरीका अनुसार पक्राउ गरिएका व्यक्तिलाई थप अनुसन्धानका लागि म्याद थप गरि जिल्ला अदालत, काभ्रेपलाञ्चोकमा पेश गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले लागू औषध नियन्त्रणका लागि स्थानीय नागरिकहरूलाई सतर्क रहन र कुनै शंकास्पद गतिविधि देखिएमा प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण
माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण
कतारस्थित अमेरिकी एयरबेसमा इरानको मिसाइल आक्रमण
कतारस्थित अमेरिकी एयरबेसमा इरानको मिसाइल आक्रमण
एमाले बैठकमा मानन्धरले मागे ओलीको राजीनामा
एमाले बैठकमा मानन्धरले मागे ओलीको राजीनामा
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना
स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको प्रभु साहको आरोप
स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको प्रभु साहको आरोप
नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध
नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध
प्रधानमन्त्रीविरुद्ध गालीगलौज : पाँचथरका युवा पक्राउमा गृह मन्त्रालयको ध्यानाकर्षण
प्रधानमन्त्रीविरुद्ध गालीगलौज : पाँचथरका युवा पक्राउमा गृह मन्त्रालयको ध्यानाकर्षण
कांग्रेसको चुनावी नीतिः ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान शुरू गर्दै
कांग्रेसको चुनावी नीतिः ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान शुरू गर्दै
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै