कैलालीमा जुवाको खालबाट ११ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २९, २०८१
|
|
२५ पटक हेरिएको
Shares
कैलालीमा जुवाको खालबाट ११ जना पक्राउ

सारांश

  • कैलालीमा जुवाको खालबाट ११ जना पक्राउ परेका छन् ।
  • सोमबार राति २ बजे बर्दगोरिया गाउँपालिका-३ स्थित जीवन खत्रीको घरमा छापा हानेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
  • जुवातास खेलेको सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो ।

 

२९ पुस,  धनगढी । कैलालीमा जुवाको खालबाट ११ जना पक्राउ परेका छन् । सोमबार राति २ बजे बर्दगोरिया गाउँपालिका-३ स्थित जीवन खत्रीको घरमा छापा हानेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । जुवातास खेलेको सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो । त्यसक्रममा जुवा खेलिरहेको अवस्थामा भेटिएका खत्रीसहितका ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका-३ का तपेन्द्र खड्का, विनोद अधिकारी, सुरज ओली, सु सुर्खेतको चौकुने गाउँपालिकाका तिलकबहादुर बन्तोला, मोहन खत्री, घोडाघोडी नगरपालिका-२ का कटक थापा, बर्दगोरिया-१ का केशव बुढा, उपेन्द्र सुनार, तारामान कुँवर र लोकबहादुर बिक रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए । डीएसपी बोहराका अनुसार उनीहरुको साथबाट तासको गड्डी, ११ थान मोबाइल र ६२ हजार ८५५ रुपैयाँ नगद बरामद गरिएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?