प्रहरीको गोली लागेर युवकको मृत्यु भएको विरोधमा निजगढमा राजमार्ग अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ३०, २०८०
|
|
३३ पटक हेरिएको
Shares
प्रहरीको गोली लागेर युवकको मृत्यु भएको विरोधमा निजगढमा राजमार्ग अवरुद्ध

सारांश

  • बाराको सिम्रौनगढ नगरपालिकामा गत बुधबार भएको प्रदर्शनमा एक युवकको मृत्यु भएको विषयलाई लिएर शनिबार बाराको निजगढमा पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ ।
  • प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको विरोधमा उत्रिएका शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका क्रममा प्रहरीको गोली लागेर सिम्रौनगढ नगरपालिका-१ ननसगराढाट गाउँका २५ वर्षका लक्ष्मी मुख्याको मृत्यु भएको थियो ।
  • घटनाको छानबिन गरी गोली प्रहार गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, मधेशका मुख्यमन्त्री र सिम्रौनगढका मेयरले राजीनामा दिनुपर्नेलगायत माग राखी मृतक पक्षले राजमार्ग बन्द गराएका हुन् ।

३० मंसिर, बारा । बाराको सिम्रौनगढ नगरपालिकामा गत बुधबार भएको प्रदर्शनमा एक युवकको मृत्यु भएको विषयलाई लिएर शनिबार बाराको निजगढमा पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको विरोधमा उत्रिएका शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका क्रममा प्रहरीको गोली लागेर सिम्रौनगढ नगरपालिका-१ ननसगराढाट गाउँका २५ वर्षका लक्ष्मी मुख्याको मृत्यु भएको थियो । घटनाको छानबिन गरी गोली प्रहार गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, मधेशका मुख्यमन्त्री र सिम्रौनगढका मेयरले राजीनामा दिनुपर्नेलगायत माग राखी मृतक पक्षले राजमार्ग बन्द गराएका हुन् । प्रदर्शनकारीले टायर बाल्नुका साथै नाराबाजी पनि गरेका छन् । मृतक मुखियाको शव हाल वीरगञ्जको नारायणी अस्पतालमा छ । मृत्यु भएको ४ दिन भइसक्दा पनि शव परीक्षण भएको छैन । आफन्तले शव बुझेका छैनन् । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चित्ररञ्जन साहका अनुसार मुखियाको घटनास्थलमा नै मृत्यु भएको थियो । प्रहरीले भने झडपपछिको असहज स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर गरेको बताउँदै आएको छ ।

मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई हाजिर गराएपछि उपमेयर पक्षधरले प्रदर्शन गरेका थिए । प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर सिम्रौनगढमा मेयर र उपमेयर तथा केही वडाध्यक्षबीच लामो समयदेखि विवाद छ । सिम्रौनगढ मधेशका मुख्यमन्त्री सरोज यादवको पनि गृहनगर हो । प्रमुख प्रशासकीय अधिकृत विवादका कारण यहाँका कर्मचारी-शिक्षकले गत साउनदेखि तलब पाएका छैनन् । तलब नपाएका शिक्षक तथा कर्मचारी पनि आन्दोलनमा थिए । त्यसैक्रममा गत बुधबार शिक्षक–कर्मचारीलाई नगरपालिकाको गेटबाट हटाउन खोज्दा झडप भएको हो । अहिलेसम्म  नगरसभाले बजेट पारित नगरेका कारण नगरपालिकाको आर्थिक कारोबार ठप्पजस्तै छ । ६० जना कार्यपालिका स्दस्य रहेको सिम्रौनगढ नगरपालिकामा ३९ जना सदस्य नेपाली कांग्रेसका छन् भने नगर प्रमुख किशोरी साहको पक्षमा २१ जना छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा सरकारविरुद्ध आजपाको प्रदर्शन,
काठमाडौंमा सरकारविरुद्ध आजपाको प्रदर्शन,
पहिरोले सडक भाँसिदा कालीगण्डकी करिडोर अवरुद्ध
पहिरोले सडक भाँसिदा कालीगण्डकी करिडोर अवरुद्ध
८४ को चुनावमा सबै पालिका र निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिनेछौं : हर्क साम्पाङ
८४ को चुनावमा सबै पालिका र निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिनेछौं : हर्क साम्पाङ
मधेस प्रदेशका मुख्यमन्त्री द्वारा बारा जिल्लाको कलैयामा एकै दिन विभिन्न कार्यक्रम सम्पन्न 
मधेस प्रदेशका मुख्यमन्त्री द्वारा बारा जिल्लाको कलैयामा एकै दिन विभिन्न कार्यक्रम सम्पन्न 
आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण
आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण
पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, एकजना पक्राउ
पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, एकजना पक्राउ
डोटीमा जीप दु*र्घटना हुदाँ २ जनाको मृ*त्यु
डोटीमा जीप दु*र्घटना हुदाँ २ जनाको मृ*त्यु
सार्वजनिक लेखा समितिको काम प्रभावकारी बनाउनुपर्नेमा जोड
सार्वजनिक लेखा समितिको काम प्रभावकारी बनाउनुपर्नेमा जोड
उदयपुरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु
उदयपुरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु
सिन्धुलीको दुधौलीका मेयरविरुद्ध बलात्कारको किटानी जाहेरी
सिन्धुलीको दुधौलीका मेयरविरुद्ध बलात्कारको किटानी जाहेरी