Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रहरीको गोली लागेर युवकको मृत्यु भएको विरोधमा निजगढमा राजमार्ग अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ३०, २०८०
|
|
४३ पटक हेरिएको
Shares
प्रहरीको गोली लागेर युवकको मृत्यु भएको विरोधमा निजगढमा राजमार्ग अवरुद्ध

सारांश

  • बाराको सिम्रौनगढ नगरपालिकामा गत बुधबार भएको प्रदर्शनमा एक युवकको मृत्यु भएको विषयलाई लिएर शनिबार बाराको निजगढमा पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ ।
  • प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको विरोधमा उत्रिएका शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका क्रममा प्रहरीको गोली लागेर सिम्रौनगढ नगरपालिका-१ ननसगराढाट गाउँका २५ वर्षका लक्ष्मी मुख्याको मृत्यु भएको थियो ।
  • घटनाको छानबिन गरी गोली प्रहार गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, मधेशका मुख्यमन्त्री र सिम्रौनगढका मेयरले राजीनामा दिनुपर्नेलगायत माग राखी मृतक पक्षले राजमार्ग बन्द गराएका हुन् ।

३० मंसिर, बारा । बाराको सिम्रौनगढ नगरपालिकामा गत बुधबार भएको प्रदर्शनमा एक युवकको मृत्यु भएको विषयलाई लिएर शनिबार बाराको निजगढमा पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको विरोधमा उत्रिएका शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका क्रममा प्रहरीको गोली लागेर सिम्रौनगढ नगरपालिका-१ ननसगराढाट गाउँका २५ वर्षका लक्ष्मी मुख्याको मृत्यु भएको थियो । घटनाको छानबिन गरी गोली प्रहार गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, मधेशका मुख्यमन्त्री र सिम्रौनगढका मेयरले राजीनामा दिनुपर्नेलगायत माग राखी मृतक पक्षले राजमार्ग बन्द गराएका हुन् । प्रदर्शनकारीले टायर बाल्नुका साथै नाराबाजी पनि गरेका छन् । मृतक मुखियाको शव हाल वीरगञ्जको नारायणी अस्पतालमा छ । मृत्यु भएको ४ दिन भइसक्दा पनि शव परीक्षण भएको छैन । आफन्तले शव बुझेका छैनन् । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चित्ररञ्जन साहका अनुसार मुखियाको घटनास्थलमा नै मृत्यु भएको थियो । प्रहरीले भने झडपपछिको असहज स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर गरेको बताउँदै आएको छ ।

मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई हाजिर गराएपछि उपमेयर पक्षधरले प्रदर्शन गरेका थिए । प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर सिम्रौनगढमा मेयर र उपमेयर तथा केही वडाध्यक्षबीच लामो समयदेखि विवाद छ । सिम्रौनगढ मधेशका मुख्यमन्त्री सरोज यादवको पनि गृहनगर हो । प्रमुख प्रशासकीय अधिकृत विवादका कारण यहाँका कर्मचारी-शिक्षकले गत साउनदेखि तलब पाएका छैनन् । तलब नपाएका शिक्षक तथा कर्मचारी पनि आन्दोलनमा थिए । त्यसैक्रममा गत बुधबार शिक्षक–कर्मचारीलाई नगरपालिकाको गेटबाट हटाउन खोज्दा झडप भएको हो । अहिलेसम्म  नगरसभाले बजेट पारित नगरेका कारण नगरपालिकाको आर्थिक कारोबार ठप्पजस्तै छ । ६० जना कार्यपालिका स्दस्य रहेको सिम्रौनगढ नगरपालिकामा ३९ जना सदस्य नेपाली कांग्रेसका छन् भने नगर प्रमुख किशोरी साहको पक्षमा २१ जना छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्लोबल आइएमई बैंकले पायो ‘वर्ल्ड बेष्ट बैंक’ अवार्ड
ग्लोबल आइएमई बैंकले पायो ‘वर्ल्ड बेष्ट बैंक’ अवार्ड
राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट   
राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट   
विशेषको फैसला चित्त नबुझेको भन्दै आयोग सर्वोच्चमा
विशेषको फैसला चित्त नबुझेको भन्दै आयोग सर्वोच्चमा
शेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख रुपैयाँ धरौटीमा थुनामुक्त
शेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख रुपैयाँ धरौटीमा थुनामुक्त
मोटरसाइकलको ठक्करबाट एक जनाको मृ*त्यु, तीन घाइते
मोटरसाइकलको ठक्करबाट एक जनाको मृ*त्यु, तीन घाइते
बालबालिकासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुपर्नेमा सांसदहरुको जोड
बालबालिकासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुपर्नेमा सांसदहरुको जोड
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव : २० लाख दर्शनार्थी सहभागी
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव : २० लाख दर्शनार्थी सहभागी
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
विपक्षी दलको अवरोधले मधेश प्रदेशबाट बैठक आज पनि स्थगित
विपक्षी दलको अवरोधले मधेश प्रदेशबाट बैठक आज पनि स्थगित
सभापति लामिछानेले रास्वपाको आज अभिमुखीकरणमा सम्बोधन गर्ने
सभापति लामिछानेले रास्वपाको आज अभिमुखीकरणमा सम्बोधन गर्ने