Press 4K
आइतबार, ९ कार्तिक २०८३
पटेर्वा सुगौली गाउँपालिकाको सार्वजनिक अनुरोध!
 पटेर्वा सुगौली गाउँपालिकाको सार्वजनिक अनुरोध!

दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २९, २०८२
|
|
१५६ पटक हेरिएको
Shares
दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन

सारांश

  • कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रङ्गशालाको काम सम्पन्न गरि दशौ राष्ट्रिय खेलकुदको तयारीमा जुट्न निर्देशन दिएका छन् ।
  • कर्णाली प्रदेश खेलकुद विकास परिषद्को बैठकमा मुख्यमन्त्री कँडेलले रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेकोले बाँकि काम सम्पन्न गर्न तदारुपता देखाउनुपर्ने उनको भनाई छ ।
  • रंगशाला निर्माणको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट समेत विनियोजन भैसकेको उनले बताए ।

 

२९ चैत,सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रङ्गशालाको काम सम्पन्न गरि दशौ राष्ट्रिय खेलकुदको तयारीमा जुट्न निर्देशन दिएका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को बैठकमा मुख्यमन्त्री कँडेलले रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेकोले बाँकि काम सम्पन्न गर्न तदारुपता देखाउनुपर्ने उनको भनाई छ । रंगशाला निर्माणको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट समेत विनियोजन भैसकेको उनले बताए ।

रंगशाला निर्माणको सम्पूर्ण काम सम्पन्न गरि दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि तयारी गर्नुपर्ने उनले बताए । निर्माण व्यवसायीसहित अन्य सरोकारवाला निकायको सक्रियताबाट सबै काम सम्पन्न गर्नु पर्ने उनको भनाई छ । ‘कुनैपनि बहानामा रंगशाला निर्माणको बाँकी काम रोक्ने अवस्था रहनु हुँदैन’ उनले भने, ‘सबै पक्षको सक्रियतामा बाँकी काम समयमै सम्पन्न गर्नुपर्छ । निर्माण व्यवसायीलाई कार्यतालिका अनुसार काम अघि बढाउन र बाँकी रहेका कामहरू निश्चित समयसीमाभित्र पूरा गर्ने काममा लगाउन निर्देशन दिए । निर्माण कार्यको प्रभावकारी अनुगमन र समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले जिम्मेवार निकायहरूलाई आफ्नो भूमिकामा गम्भीर हुन आग्रह गरे ।

रङ्गशाला सम्पन्न भएसँगै कर्णाली प्रदेशमा खेलकुद गतिविधि विस्तार हुने र नयाँ अवसर सिर्जना हुने विश्वास पनि उनले व्यक्त गरे । मुख्यमन्त्री कँडेलले खेलकुद क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताए । उनले खेलाडीहरूको क्षमता अभिवृद्धि, नियमित प्रशिक्षणको व्यवस्था, आवश्यक पूर्वाधार निर्माण तथा प्रतियोगिताहरूको निरन्तर आयोजनामा ध्यान दिनुपर्नेमा जोड दिए । कर्णालीमा खेलकुद क्षेत्रको सम्भावना प्रशस्त रहेको भन्दै त्यसलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो। त्यसैगरी, उनले आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आवश्यक तयारीमा जुट्न निर्देशन दिएका छन् । प्रतियोगिता सफलतापूर्वक आयोजना गर्न पूर्वाधार, खेलमैदान, आवास तथा व्यवस्थापनका पक्षहरू समयमै सुनिश्चित गर्नुपर्ने उनले बताए। कर्णालीका विभिन्न जिल्लामा आवश्यक खेल पूर्वाधार निर्माण गर्न स्पष्ट योजना, लागत अनुमान र बजेटसहित संघीय सरकारसमक्ष प्रस्ताव पेश गर्न उनले सम्बन्धित निकायलाई निर्देशन दिए ।

मुख्यमन्त्री कँडेलले हाल बजेट तयारीको चरणमा रहेको उल्लेख गर्दै खेलकुद क्षेत्रका योजनाहरू योजना बैंकमा समावेश गर्न आग्रह गरे । चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउँदै उनले उपलब्ध स्रोतको अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिए । त्यसका साथै, उनले कुनैपनि कार्यक्रम परिषद्बै ठकबाट अनुमोदन गरेर मात्र कार्यान्वयनमा लैजानुपर्ने स्पष्ट पारे । कुन खेल कहाँ सञ्चालन गर्ने भन्ने विषय यसै वर्ष र आगामी वर्षका लागि स्पष्ट रूपमा निर्धारण गरी सोहीअनुसार बजेट व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो । बैठकमा परिषद्का पदाधिकारीहरूले निर्माणाधीन रङ्गशालाको वर्तमान प्रगति, देखिएका चुनौती र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए । कार्यक्रममा सहभागीहरूले समन्वय, स्रोत व्यवस्थापन र प्रभावकारी अनुगमनमार्फत निर्माण कार्यलाई गति दिन सकिने धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा
पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा
भैरहवाबाट अलपत्र यात्रु ल्याउन वायुसेवा निगमको विमान उड्यो
भैरहवाबाट अलपत्र यात्रु ल्याउन वायुसेवा निगमको विमान उड्यो
तीन दिनपछि एमाले अध्यक्ष ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
तीन दिनपछि एमाले अध्यक्ष ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
बिम्स्टेक शिखर सम्मेलन सुरु
बिम्स्टेक शिखर सम्मेलन सुरु
१८ जना प्रहरी सम्पर्कविहीन
१८ जना प्रहरी सम्पर्कविहीन
रोड टु यूएफसी–५ को सेमिफाइनल पुगे नेपालका कुस्तीबाज रवीन्द्र
रोड टु यूएफसी–५ को सेमिफाइनल पुगे नेपालका कुस्तीबाज रवीन्द्र
ममता हराएपछि श्रीमान र प्रहरीबिच कुराकानी भएको पहिलो भिडियो सार्वजनिक
ममता हराएपछि श्रीमान र प्रहरीबिच कुराकानी भएको पहिलो भिडियो सार्वजनिक
सरकार र शिक्षक मुठभेटमा : बोर्डले परीक्षा गर्ने, शिक्षक सहभागी नहुन महासंघको निर्देशन
सरकार र शिक्षक मुठभेटमा : बोर्डले परीक्षा गर्ने, शिक्षक सहभागी नहुन महासंघको निर्देशन
फराकिलो अन्तरले सातदोबाटोलाई हराउँदै प्लानिङ ब्वाइज इटहरी गोल्ड कपको फाइनलमा
फराकिलो अन्तरले सातदोबाटोलाई हराउँदै प्लानिङ ब्वाइज इटहरी गोल्ड कपको फाइनलमा

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...