Press 4K
सोमबार, २९ भाद्र २०८३

शेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख रुपैयाँ धरौटीमा थुनामुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष १४, २०८२
|
|
३१ पटक हेरिएको
Shares
शेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख रुपैयाँ धरौटीमा थुनामुक्त

सारांश

  • झूटो धितोपत्र कारोबार तथा शेयर मूल्य प्रभावित पारेको आरोपमा पक्राउ परेका शेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटी बुझाएर थुनामुक्त भएका छन् ।
  • केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अग्रवालसँग ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत लिएर छाडेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिव कुरमार श्रेष्ठले जानकारी दिए ।
  • उनका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार सरकारी वकिलको सहमतिमा अग्रवाललाई धरौटीमा रिहा गरिएको हो ।

काठमाडौं ।

झूटो धितोपत्र कारोबार तथा शेयर मूल्य प्रभावित पारेको आरोपमा पक्राउ परेका शेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटी बुझाएर थुनामुक्त भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अग्रवालसँग ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत लिएर छाडेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिव कुरमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार सरकारी वकिलको सहमतिमा अग्रवाललाई धरौटीमा रिहा गरिएको हो ।

उक्त कानुनी व्यवस्थाले अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई आवश्यक नदेखिएमा धरौटी, जमानत वा हाजिर जमानीमा छाड्न सक्ने अधिकार अनुसन्धान अधिकारीलाई दिन्छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को उजुरीका आधारमा अग्रवाललाई सिआइबीले पुस ४ गते काठमाडौँको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको थियो । बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनअनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर कारोबारका क्रममा भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर बिक्री गरेको आरोप छ । धितोपत्रसम्बन्धी ऐन, २०६४ को दफा ९७ (ग) अनुसार उनले बदनीयतसाथ तथ्य लुकाएर झूटा विवरण प्रस्तुत गरेको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा अग्रवालले अन्य टिएमएस प्रयोगकर्तामार्फत आपसी खरिदबिक्री गरी वास्तविक स्वामित्व नबदलिने कारोबार गरेको र यसरी करिब ४९ लाख रुपैयाँभन्दा बढी गैरकानुनी नाफा कमाएको आरोप लगाइएको छ । साथै, उनले कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि कृत्रिम रूपमा बढाएको बोर्डको निष्कर्ष छ ।यसअघि हिरासतमै रहँदा अग्रवालले बोर्ड अध्यक्षमाथि छानविनको माग गर्दै भोक हडतालसमेत गरेका थिए । अग्रवाल यसअघि पनि ठगी कसुरमा पक्राउ परिसकेको सिआइबीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटारमा प्रधानमन्त्रीविरुद्ध मिराज समूहको प्रदर्शन, दुईजना पक्राउ
बालुवाटारमा प्रधानमन्त्रीविरुद्ध मिराज समूहको प्रदर्शन, दुईजना पक्राउ
सुडानद्वारा २०२४ मा ६४.४ टन सुन उत्पादन
सुडानद्वारा २०२४ मा ६४.४ टन सुन उत्पादन
रौतहट–१ मा रास्वपाको सानदार जित : ‘हेभीवेट’ माधव नेपाल र अजय गुप्ता पराजित
रौतहट–१ मा रास्वपाको सानदार जित : ‘हेभीवेट’ माधव नेपाल र अजय गुप्ता पराजित
काठमाडौंका हलहरुमा प्रदर्शनमा आयो ‘आदिपुरुष’
काठमाडौंका हलहरुमा प्रदर्शनमा आयो ‘आदिपुरुष’
तीन फिट उचाइ भएका गणेश : जसले पूरा गरे डाक्टर बन्ने सपना     
तीन फिट उचाइ भएका गणेश : जसले पूरा गरे डाक्टर बन्ने सपना     
जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको सुझाव
जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको सुझाव
सेयर लगानीकर्ताकाे ब्रोकर कार्यालयहरूमा तालाबन्दी
सेयर लगानीकर्ताकाे ब्रोकर कार्यालयहरूमा तालाबन्दी
झ्याप्ले खोलाको पहिरोमा थप सवारीसाधन पुरिएको आशङ्कामा पुनः खोजी गरिँदै
झ्याप्ले खोलाको पहिरोमा थप सवारीसाधन पुरिएको आशङ्कामा पुनः खोजी गरिँदै
विद्यालयका प्रअ र लेखापाल मिलेर झन्डै १ करोड भ्रष्टाचार
विद्यालयका प्रअ र लेखापाल मिलेर झन्डै १ करोड भ्रष्टाचार
भिजिट भिसा प्रकरण र अग्नि सापकोटाबीच कुनै साइनो छैन: प्रचण्ड
भिजिट भिसा प्रकरण र अग्नि सापकोटाबीच कुनै साइनो छैन: प्रचण्ड

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...