वीरगन्जमा एकैदिन १७ बालकको उद्धार
सारांश
- वीरगन्जमा गत बुधबारदेखि ‘बाल श्रमिकको उद्धार तथा दिगो व्यवस्थापन अभियान’ सुरु भएको छ।
- अभियानको पहिलो दिन गत बुधबार १७ जनाको उद्धार गरिएको हो।
- वीरगन्ज महानगरपालिका, जिल्ला प्रहरी कार्यालय, श्रम तथा रोजगार कार्यालयका प्रतिनिधिहरूको सहयोगमा ८ देखि १५ वर्ष उमेरका ती बालकको उद्धार गरिएको छ।

२९ चैत, वीरगन्ज :
वीरगन्जका होटल, रेष्टुरेण्ट, मदिरा पसल, फलफूल पसल लगायतका व्यावसायिक क्षेत्रमा बालश्रममा लगाइएका १७ जना बालकको उद्धार गरिएको हो। वीरगन्जमा गत बुधबारदेखि ‘बाल श्रमिकको उद्धार तथा दिगो व्यवस्थापन अभियान’ सुरु भएको छ। अभियानको पहिलो दिन गत बुधबार १७ जनाको उद्धार गरिएको हो।

वीरगन्ज महानगरपालिका, जिल्ला प्रहरी कार्यालय, श्रम तथा रोजगार कार्यालयका प्रतिनिधिहरूको सहयोगमा ८ देखि १५ वर्ष उमेरका ती बालकको उद्धार गरिएको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया