सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै, यस्तो छ भ्रमण तालिका

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १७, २०८०
|
|
४८ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै, यस्तो छ भ्रमण तालिका

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चारदिने भ्रमणका लागि भारत जाँदैछन् ।
  • उनी दिउँसो १ बजे नेपाल एअरलाइन्सको उडानमार्फत भारत प्रस्थान गर्ने प्रधानमन्त्रीको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
  • प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो।

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चारदिने भ्रमणका लागि भारत जाँदैछन् । उनी दिउँसो १ बजे नेपाल एअरलाइन्सको उडानमार्फत भारत प्रस्थान गर्ने प्रधानमन्त्रीको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो।

प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासहित ४७ जनाको प्रतिनिधिमण्डल रहनेछ । उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनकर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने तालिका छ ।

मोदीसँग जेठ १८ गते वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरूबीच भारत र नेपालबीच द्विपक्षीय साझेदारी गर्न विभिन्न क्षेत्रमाथि छलफल हुनेछ । मन्त्रालयका अनुसार वार्तापछि उनीहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन पनि गर्नेछन्।

त्यसपछि दुई प्रधानमन्त्रीले लन्च समेत गर्ने तालिका छ ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले नयाँ दिल्लीमा आयोजना गरेको नेपाल-भारत व्यापार समिटमा पनि प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। त्यहाँ दुई देशका व्यापारीहरूसँग पनि छलफल गर्ने तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वन कार्यालयले एक लाख जनालाई दियो रोजगारी
वन कार्यालयले एक लाख जनालाई दियो रोजगारी
आफ्नै विद्यार्थीमाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
आफ्नै विद्यार्थीमाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
सुदूरपश्चिमलाई साक्षर प्रदेशको रूपमा औपचारिक घोषणा
सुदूरपश्चिमलाई साक्षर प्रदेशको रूपमा औपचारिक घोषणा
नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन
नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन
बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या
बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या
आजको मौसम : यी स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आमरण अनशन बसेका सिंहलाई भेट्न पुगिन् स्वास्थ्यमन्त्री शर्मा
आमरण अनशन बसेका सिंहलाई भेट्न पुगिन् स्वास्थ्यमन्त्री शर्मा
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री
म्यानमार भूकम्प : मृतकको संख्या हजार नाघ्यो
म्यानमार भूकम्प : मृतकको संख्या हजार नाघ्यो