प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै, यस्तो छ भ्रमण तालिका

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १७, २०८०
|
|
२३ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै, यस्तो छ भ्रमण तालिका

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चारदिने भ्रमणका लागि भारत जाँदैछन् ।
  • उनी दिउँसो १ बजे नेपाल एअरलाइन्सको उडानमार्फत भारत प्रस्थान गर्ने प्रधानमन्त्रीको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
  • प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो।

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चारदिने भ्रमणका लागि भारत जाँदैछन् । उनी दिउँसो १ बजे नेपाल एअरलाइन्सको उडानमार्फत भारत प्रस्थान गर्ने प्रधानमन्त्रीको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो।

प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासहित ४७ जनाको प्रतिनिधिमण्डल रहनेछ । उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनकर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने तालिका छ ।

मोदीसँग जेठ १८ गते वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरूबीच भारत र नेपालबीच द्विपक्षीय साझेदारी गर्न विभिन्न क्षेत्रमाथि छलफल हुनेछ । मन्त्रालयका अनुसार वार्तापछि उनीहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन पनि गर्नेछन्।

त्यसपछि दुई प्रधानमन्त्रीले लन्च समेत गर्ने तालिका छ ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले नयाँ दिल्लीमा आयोजना गरेको नेपाल-भारत व्यापार समिटमा पनि प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। त्यहाँ दुई देशका व्यापारीहरूसँग पनि छलफल गर्ने तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभर अपाङ्गता सेवामा पहुँच कमजोर, निःशुल्क ह्वीलचेयर पनि उपलब्ध छैन : मन्त्री खरेल
देशभर अपाङ्गता सेवामा पहुँच कमजोर, निःशुल्क ह्वीलचेयर पनि उपलब्ध छैन : मन्त्री खरेल
साफ यू–२० महिला च्याम्पियनसिपः श्रीलंकामाथि नेपालको सहज जित
साफ यू–२० महिला च्याम्पियनसिपः श्रीलंकामाथि नेपालको सहज जित
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु
जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी
जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन
भक्तपुरको निर्माणधीन घरमा मजदुरको ह*त्या, एक जना पक्राउ
भक्तपुरको निर्माणधीन घरमा मजदुरको ह*त्या, एक जना पक्राउ
काभ्रेमा फसेका यात्रु उद्धार गर्न उड्यो सेनाको हेलिकप्टर
काभ्रेमा फसेका यात्रु उद्धार गर्न उड्यो सेनाको हेलिकप्टर
भारततर्फ लैजाँदै गरेको ३०० किलो चरेससहित पर्साबाट एकजना पक्राउ
भारततर्फ लैजाँदै गरेको ३०० किलो चरेससहित पर्साबाट एकजना पक्राउ
एकीकृत समाजवादीको सचिवालय बैठक शुरू
एकीकृत समाजवादीको सचिवालय बैठक शुरू
मेलम्ची खानेपानीमा भ्रष्टाचारः पूर्व सचिव भिम उपाध्याय सहित १८ जना विरुद्ध मुद्दा दायर
मेलम्ची खानेपानीमा भ्रष्टाचारः पूर्व सचिव भिम उपाध्याय सहित १८ जना विरुद्ध मुद्दा दायर