सीजी इलेक्ट्रोनिक्सको कारोबारमा ५७ प्रतिशत गिरावट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ ६, २०८३
|
|
१९२ पटक हेरिएको
Shares
सीजी इलेक्ट्रोनिक्सको कारोबारमा ५७ प्रतिशत गिरावट

सारांश

  • चौधरी ग्रुप अन्तर्गत सञ्चालित सीजी इलेक्ट्रोनिक्स प्रालिको कारोबार चालु आर्थिक वर्ष २०२५÷२६ को पहिलो छ महिनामा करिब ५७ प्रतिशतले घटेको छ ।
  • सेप्टेम्बर २०२५ मा भएको जेनजी आन्दोलनमा कम्पनीको एसेम्बली प्लान्ट र गोदाम पूर्ण रूपमा नष्ट भएपछि उत्पादन तथा आपूर्ति प्रणाली प्रभावित हुँदा कम्पनीको आम्दानी र नाफामा उल्लेख्य गिरावट आएको हो ।
  • रेटिङ एजेन्सी इक्रा नेपालको रेटिङ प्रतिवेदन अनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो छ महिनामा १४९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा कम हो ।

 

काठमाडौं ।

चौधरी ग्रुप अन्तर्गत सञ्चालित सीजी इलेक्ट्रोनिक्स प्रालिको कारोबार चालु आर्थिक वर्ष २०२५÷२६ को पहिलो छ महिनामा करिब ५७ प्रतिशतले घटेको छ । सेप्टेम्बर २०२५ मा भएको जेनजी आन्दोलनमा कम्पनीको एसेम्बली प्लान्ट र गोदाम पूर्ण रूपमा नष्ट भएपछि उत्पादन तथा आपूर्ति प्रणाली प्रभावित हुँदा कम्पनीको आम्दानी र नाफामा उल्लेख्य गिरावट आएको हो । रेटिङ एजेन्सी इक्रा नेपालको रेटिङ प्रतिवेदन अनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो छ महिनामा १४९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा कम हो ।

सञ्चालन नाफा पनि अघिल्ला दुई वर्षमा १२–१३ प्रतिशतको हाराहारीमा रहेकामा घटेर करिब ७ प्रतिशत ८ प्रतिशतमा सीमित भएको छ । व्यवसाय प्रभावित हुँदा कम्पनीको इन्ट्रेस्ट कभरेज रेसियो समेत आर्थिक वर्ष २०२५ को ६.३ गुणाबाट घटेर १.७ मा झरेको छ । स्थिर खर्चको पर्याप्त उपयोग हुन नसक्नु र बिक्रीमा आएको गिरावटका कारण नाफा प्रभावित भएको विश्लेषणमा उल्लेख छ । यद्यपि, कम्पनीको वित्तीय आधार भने अझै सन्तुलित रहेको इक्रा नेपालले जनाएको छ । सन २०२६ जनवरी मध्यसम्म कम्पनीको गियरिङ अनुपात करिब ०.६ गुणा र कुल बाह्य दायित्व तथा मूर्त नेटवर्थ अनुपात करिब ०.९ गुणा रहेको छ, जसले पूँजी संरचना नियन्त्रणमै रहेको संकेत गर्दछ । इक्रा नेपालका अनुसार आन्दोलन पछि कार्यशील पुँजीमा दबाब बढे पनि कम्पनीसँग कार्यशील पुँजी उपयोग गर्न पर्याप्त क्षमता बाँकी रहेको छ । कार्यशील पुँजी तान्ने सीमामा करिब ४१ प्रतिशत हेडरुम उपलब्ध रहेको र बीमा दाबीबाट प्राप्त हुने रकमले नष्ट भएका मौज्दातको वित्तीय असर ठूलो मात्रामा कम गर्ने अपेक्षा गरिएको छ ।

सन् १९८८ मा स्थापना भएको सीजी इलेक्ट्रोनिक्स नेपालमा एलजी ब्रान्डका एलईडी टेलिभिजनको आधिकारिक आयातकर्ता, एसेम्बलर तथा वितरक हो । कम्पनीले सीजी, तोसिबा, सेन्सेई र टीसीएल ब्रान्डका टेलिभिजनसमेत आयात तथा विक्री वितरण गर्दै आएको छ । देशभर करिब एक हजार डिलर–वितरक, समूहका २८ वटा आउटलेट तथा अनलाइन प्लेटफर्ममार्फत कम्पनीले बिक्री सञ्जाल विस्तार गरेको छ । इक्रा नेपालका अनुसार कम्पनीको करिब चार दशक लामो सञ्चालन अनुभव, चौधरी ग्रुपको व्यावसायिक आधार, बलियो बिक्री सञ्जाल, विविध ग्राहक आधार तथा एलईडी टेलिभिजन बजारको बढ्दो मागलाई कम्पनीका मुख्य सबल पक्षका रूपमा उल्लेख गरेको छ । स्मार्ट टिभीप्रतिको उपभोक्ता आकर्षण बढ्दै जाँदा यस क्षेत्रको दीर्घकालीन सम्भावना सकारात्मक रहने अपेक्षा गरिएको छ । तर, आयात कर नीतिमा हुने सम्भावित परिवर्तन, इलेक्ट्रोनिक्स क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, प्रविधिको तीव्र परिवर्तन तथा कम्पनीको आम्दानीको ठूलो हिस्सा एलजी र सीजी ब्रान्डमा निर्भर रहनु प्रमुख जोखिमका रूपमा औंल्याइएको छ । आर्थिक वर्ष २०२५ मा कम्पनीको करिब ८२ प्रतिशत आम्दानी यी दुई ब्रान्डबाट मात्रै आएको उल्लेख गरिएको छ । इक्रा नेपालले आगामी दिनमा कम्पनीले कारोबार र नाफाको स्तर पुनः वृद्धि गर्दै पूँजी संरचना र ऋण भुक्तानी क्षमतालाई सुदृढ राख्न सके त्यसले कम्पनीको समग्र वित्तीय प्रोफाइललाई थप मजबुत बनाउने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिजिट भिसा प्रकरण : चारजनालाई थुनामा पठाउने आदेश
भिजिट भिसा प्रकरण : चारजनालाई थुनामा पठाउने आदेश
सुदूरपश्चिम सरकारद्वारा एक करोड आर्थिक सहयोगसहित स्वास्थ्यकर्मी पठाउने घोषणा
सुदूरपश्चिम सरकारद्वारा एक करोड आर्थिक सहयोगसहित स्वास्थ्यकर्मी पठाउने घोषणा
उपेन्द्र यादवले बोलाए केन्द्रीय समिति बैठक
उपेन्द्र यादवले बोलाए केन्द्रीय समिति बैठक
प्रतिपक्षीको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित
प्रतिपक्षीको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित
इजरायलबाट फर्कन ८ सय ८५ जना नेपालीले नाम टिपाएका छन् : परराष्ट्रमन्त्री राणा
इजरायलबाट फर्कन ८ सय ८५ जना नेपालीले नाम टिपाएका छन् : परराष्ट्रमन्त्री राणा
झापाको बिर्तामोडमा कुटपिटबाट एक युवकको मृ*त्यु
झापाको बिर्तामोडमा कुटपिटबाट एक युवकको मृ*त्यु
१० लाख रूपैयाँभन्दा बढीको अवैध कपडासहित गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
१० लाख रूपैयाँभन्दा बढीको अवैध कपडासहित गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
बालेनले राखे आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा
बालेनले राखे आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा
ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको अर्को भिडियो एक वर्ष पुरानो
ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको अर्को भिडियो एक वर्ष पुरानो