समावेशी राज्य नीतिबाट मात्र राष्ट्रिय एकता सुदृढ हुन्छ : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १५, २०८२
|
|
२५ पटक हेरिएको
Shares
समावेशी राज्य नीतिबाट मात्र राष्ट्रिय एकता सुदृढ हुन्छ : प्रचण्ड

सारांश

  • नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सबै जाति तथा समुदायको सहअस्तित्व, समानता र समावेशितामा आधारित राज्य नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र राष्ट्रिय एकता सुदृढ हुनसक्ने बताएका छन् ।
  • मंगलबार तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वको अवसरमा जारी शुभकामना सन्देशमा मार्फत उनले नेपाल बहुजाति, बहुभाषा र बहुसंस्कृतिको संगम रहेको संस्कृतिहरूको संरक्षण, सम्मान र प्रवद्र्धनलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।
  • उनका अनुसार नेपालको राष्ट्रिय एकता दमन वा एकरूपताबाट होइन, पहिचानको सम्मान र समावेशी अभ्यासबाट बलियो बन्छ ।

 

काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सबै जाति तथा समुदायको सहअस्तित्व, समानता र समावेशितामा आधारित राज्य नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र राष्ट्रिय एकता सुदृढ हुनसक्ने बताएका छन् ।मंगलबार तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वको अवसरमा जारी शुभकामना सन्देशमा मार्फत उनले नेपाल बहुजाति, बहुभाषा र बहुसंस्कृतिको संगम रहेको संस्कृतिहरूको संरक्षण, सम्मान र प्रवद्र्धनलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।

उनका अनुसार नेपालको राष्ट्रिय एकता दमन वा एकरूपताबाट होइन, पहिचानको सम्मान र समावेशी अभ्यासबाट बलियो बन्छ । संयोजक दाहालले परिवर्तनका हरेक आन्दोलनमा आदिवासी जनजाति तथा बहुल समुदायले उल्लेखनीय भूमिका निर्वाह गरेको उल्लेख गर्दै, गणतन्त्रको छहारीमा उनीहरूका भाषा, संस्कृति र पहिचानलाई फक्रिन दिने वातावरण निर्माण गर्नु आजको प्रमुख आवश्यकता भएको बताएका छन् । उनले बहुसांस्कृतिक समाजमा आपसी सद्भाव र सहअस्तित्वलाई मजबुत बनाउँदै संविधानले सुनिश्चित गरेको समानता र समावेशिताको मर्म व्यवहारमा उतार्न राज्य गम्भीर हुनुपर्ने धारणा व्यक्त गरेका छन् । प्रचण्डका अनुसार विविध समुदायको सांस्कृतिक पहिचान सुरक्षित गर्दै सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्न सकिए मात्र लोकतान्त्रिक गणतन्त्र अझ सबल र दिगो बन्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?