सर्लाहीमा नख्खु कारागारबाट फरार कैदी नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३१, २०८२
|
|
२८ पटक हेरिएको
Shares
सर्लाहीमा नख्खु कारागारबाट फरार कैदी नियन्त्रणमा

सारांश

  • नख्खु कारागार काठमाडौँबाट कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका एक कैदीलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका – ७ बस्ने करिब ३० वर्षका फिरोज मंसुर न्यु ब्लक नख्खु कारागारमा कैद भुक्तान गरिरहेका थिए ।
  • गत २५ भदौमा जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट भागी फरार भएका थिए ।

३१ भदौ, सर्लाही ।

नख्खु कारागार काठमाडौँबाट कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका एक कैदीलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका – ७ बस्ने करिब ३० वर्षका फिरोज मंसुर न्यु ब्लक नख्खु कारागारमा कैद भुक्तान गरिरहेका थिए । गत २५ भदौमा जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट भागी फरार भएका थिए ।

गोप्य सूचनाको आधारमा सोमबार साँझ प्रहरी सहायक निरीक्षक शनिदेवल साहको कमाण्डमा खटिएको टोलीले मंसुरलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । हाल उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको र कारागार कार्यालय सर्लाही पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद् बैठकद्वारा प्रधानमन्त्रीले गर्ने चीन भ्रमण स्वीकृत
मन्त्रिपरिषद् बैठकद्वारा प्रधानमन्त्रीले गर्ने चीन भ्रमण स्वीकृत
मार्चदेखि चीनलाई थप १० प्रतिशत भन्सार शुल्क लगाउँछु: ट्रम्प
मार्चदेखि चीनलाई थप १० प्रतिशत भन्सार शुल्क लगाउँछु: ट्रम्प
नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी
नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी
नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)
नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)
सुनको मूल्य तोलामा ५५०० रुपैयाँले बढ्यो, नयाँ कीर्तिमान
सुनको मूल्य तोलामा ५५०० रुपैयाँले बढ्यो, नयाँ कीर्तिमान
१८ सदस्यीय मन्त्रिपरिषद बनाउने प्रयासमा रास्वपा
१८ सदस्यीय मन्त्रिपरिषद बनाउने प्रयासमा रास्वपा
हेटौंडामा श्रीमान् श्रीमती मृत अवस्थामा फेला
हेटौंडामा श्रीमान् श्रीमती मृत अवस्थामा फेला
कर्णाली याक्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
कर्णाली याक्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
विद्यालय शिक्षा सुधारका लागि आजदेखि काठमाडौँ महानगरमा शैक्षिक मेला
विद्यालय शिक्षा सुधारका लागि आजदेखि काठमाडौँ महानगरमा शैक्षिक मेला
कर्णालीप्रदेशमा असार १५ गते सार्वजनिक बिदा
कर्णालीप्रदेशमा असार १५ गते सार्वजनिक बिदा