युवा संघको साहित्य सम्मेलन ; वक्तित्वकलामा विनिताले जितिन एक लाख नगद्

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २८, २०८१
|
|
७९ पटक हेरिएको
Shares
युवा संघको साहित्य सम्मेलन ; वक्तित्वकलामा विनिताले जितिन एक लाख नगद्

सारांश

  • राष्ट्रिय युवा सङ्घ नेपाल शिक्षा विभागले आयोजना गरेको खुल्ला वक्तित्वकला प्रतियोगितामा २८ प्रतियोगीलाई उछिन्दै काभ्रेकी विनिता तामाङले नगद् एक लाख रुपैंयाँ हात पारेकी छन् ।
  • ‘बौद्धिक र सकारात्मक सोचका युवा; युग परिवर्तनका खम्बा’ भन्ने मूल नाराका साथ सुरु गरिएको युवा साहित्य सम्मेलन २०८१ अन्तर्गत खुल्ला वक्तित्वकला प्रतियोगितामा चितवन दिगविजय लामिछानेले दोस्रो स्थान हासिल गर्दै ५० हजार हात पारे ।
  • त्यसैगरी धादिङकी इशा थापाले तृतीय स्थान हासिल गरी नगद रु ३० हजार प्राप्त गरिन् ।

 

२८ चैत,  काठमाडौं ।

राष्ट्रिय युवा सङ्घ नेपाल शिक्षा विभागले आयोजना गरेको खुल्ला वक्तित्वकला प्रतियोगितामा २८ प्रतियोगीलाई उछिन्दै काभ्रेकी विनिता तामाङले नगद् एक लाख रुपैंयाँ हात पारेकी छन् । ‘बौद्धिक र सकारात्मक सोचका युवा; युग परिवर्तनका खम्बा’ भन्ने मूल नाराका साथ सुरु गरिएको युवा साहित्य सम्मेलन २०८१ अन्तर्गत खुल्ला वक्तित्वकला प्रतियोगितामा चितवन दिगविजय लामिछानेले दोस्रो स्थान

हासिल गर्दै ५० हजार हात पारे । त्यसैगरी धादिङकी इशा थापाले तृतीय स्थान हासिल गरी नगद रु ३० हजार प्राप्त गरिन् । देशैभरका युवाहरूबीच छनोट चरणबाट सफल अन्तिम २८ जना प्रतिस्पर्धीहरू बीच फाइनल प्रतियोगिता गरिएको थियो । फाइनल प्रतियोगिताको अध्यक्षता राष्ट्रिय युवा सङ्घ शिक्षा विभाग प्रमुख एवं युवा साहित्य सम्मेलन संयोजक कुबेर अधिकारीले गरेका थिए । सरोज घिमिरे, रूपक अलङ्कार र रूपा खड्काको निर्णायक मण्डलले प्रतियोगिताको अन्तिम नतिजा सार्वजनिक गरेको हो । देशमा व्याप्त निराशा र नकारात्मक सोचको अन्त्य गर्नको लागि युवाहरूले नै पहल गर्नुपर्ने आवश्यकता महसुस गर्दै युवाहरुलाई सकारात्मक सोचले नै देशको विकास गर्नको लागि प्रेरणा दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक अधिकारीले जानकारी दिए ।

युवा साहित्य सम्मेलन अन्तर्गत निबन्ध प्रतियोगिता वक्तित्वकला, गजल र कविता प्रतियोगिताहरू आयोजना भइरहेका छन् । गजल प्रतियोगिता र कविता प्रतियोगिताको प्रस्तुति चैत्र २९ गते हुने आयोजकले जानकारी दिएका छन् । युवा साहित्य सम्मेलन २०८१ अन्तर्गत निबन्ध प्रतियोगितामा सहभागी भएका प्रतिस्पर्धीहरूमध्ये अछामका मनोज बुढाले;‘समावेशी लोकतन्त्र राष्ट्र निर्माण र सशक्तिकरणको मूल आधार’ भन्ने शीर्षकमा लेखिएको निबन्धले प्रथम स्थान हासिल गरी रु ५० हजार जित्न सफल भएको छ । त्यसैगरी, रामेछापका ज्योति

घिमिरेले;‘व्यावसायिक र आधुनिक कृषिमा लगानी आत्मनिर्भर नेपालको थालनी’ भन्ने शीर्षकमा लेखिएको निबन्धले दोस्रो स्थान हासिल गरी रु ३० हजार जित्न सफल भएका थिए । त्यसैगरी, प्युठानकी देबु गिरीले; ‘सामाजिक सञ्जालको तीव्र गति सूचना प्रसार र सामाजिक सुधारमा तत्काल प्रगति’ शीर्षकमा लेख्नुभएको निबन्धले तेस्रो स्थान हासिल गरी रु २० हजार जित्न सफल भए । युवा सङ्घ नेपालका केन्द्रीय सचिव समेत रहेका अधिकारीका अनुसार यही चैत्र २९ गते शुक्रबारका दिन कविता र गजल विधामा छनोट भएका २५–२५ जना प्रतिस्पर्धीहरू माझ अन्तिम चरणको प्रतियोगिता नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा दिउँसो १ बजेदेखि सञ्चालन हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा सडेको अवस्थामा पुरुषको श*व फेला
सर्लाहीमा सडेको अवस्थामा पुरुषको श*व फेला
आजको मौसमः पहाडका केहि क्षेत्रमा बदली, मुख्यतया सफा रहने
यी हुन आज अवरुद्ध भएका सडकहरू (सूचीसहित)
यी हुन आज अवरुद्ध भएका सडकहरू (सूचीसहित)
आज चार संसदीय समितिको बैठक बस्दै
आज चार संसदीय समितिको बैठक बस्दै
अख्तियारको बेरुजु शून्य, सचिव भन्छन्- कानुनअनुसार काम गरे बेरुजु शून्य हुन्छ
अख्तियारको बेरुजु शून्य, सचिव भन्छन्- कानुनअनुसार काम गरे बेरुजु शून्य हुन्छ
गृहमन्त्रीले राजीनामा दिनुपर्छ नैतिकता देखिन्छ: शेखर कोइरालाले भने
गृहमन्त्रीले राजीनामा दिनुपर्छ नैतिकता देखिन्छ: शेखर कोइरालाले भने
सर्वोच्चद्वारा काठमाडौंमा जारी निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न अस्वीकार
सर्वोच्चद्वारा काठमाडौंमा जारी निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न अस्वीकार
उपसभामुखलाई पदमुक्त गर्ने तयारी अनुपयुक्त : विश्वप्रकाश शर्मा
उपसभामुखलाई पदमुक्त गर्ने तयारी अनुपयुक्त : विश्वप्रकाश शर्मा
सशस्त्र प्रहरीमा भर्ना खुल्यो, एक हजारभन्दा धेरैलाई जागिरको अवसर
सशस्त्र प्रहरीमा भर्ना खुल्यो, एक हजारभन्दा धेरैलाई जागिरको अवसर
तीनकुने प्रदर्शन : प्रहरीको बन्दुक खोस्नेसहित १०५ जना पक्राउ
तीनकुने प्रदर्शन : प्रहरीको बन्दुक खोस्नेसहित १०५ जना पक्राउ