नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ३, २०८२
|
|
२९ पटक हेरिएको
Shares
नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी

सारांश

  • नेपाली कांग्रेसका नेता गुरु राज घिमिरेले अबको नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने दाबी गरेका छन् ।
  • बिहीबार जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घिमिरेले नेपाली कांग्रेसले आगामि दिनमा देशको प्रधानमन्त्रीको जिम्मेवारी मधेश प्रदेशबाटै नेतृत्व गर्नेमध्येकालाई दिने निर्णय गरेको जानकारी गराएका छन् ।
  • बिहीबार जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै घिमिरेले नेपाली कांग्रेस नेतृत्वमा आउने बित्तिकै प्रधानमन्त्रीको जिम्मेवारी मधेश प्रदेशलाई दिने संकल्प गरेको घोषणा गरेका छन् ।

३ पुस, काठमाडौं ।

नेपाली कांग्रेसका नेता गुरु राज घिमिरेले अबको नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने दाबी गरेका छन् । बिहीबार जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घिमिरेले नेपाली कांग्रेसले आगामि दिनमा देशको प्रधानमन्त्रीको जिम्मेवारी मधेश प्रदेशबाटै नेतृत्व गर्नेमध्येकालाई दिने निर्णय गरेको जानकारी गराएका छन् ।

बिहीबार जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै घिमिरेले नेपाली कांग्रेस नेतृत्वमा आउने बित्तिकै प्रधानमन्त्रीको जिम्मेवारी मधेश प्रदेशलाई दिने संकल्प गरेको घोषणा गरेका छन् । उनले देशको प्रथम राष्ट्रपति पनि नेपाली कांग्रेलेनै दिएको र अब देशको प्रधानमन्त्रीको जिम्मेवारी पनि मधेश प्रदेशबाटै हुने प्रतिबद्धता जाहेर गरे । उनले संघीयतको श्रेय मधेश प्रदेशलाई दिँदै मधेशलाई राष्ट्रिय राजनीतिको मुल प्रभावमा समेट्नका निम्ति मधेशलाईनै देशको नेतृत्व दिनुपर्ने कांग्रेसको धारणा रहेको बताए ।

उनले एमाले लगायतका पार्टीहरुले मधेशको नाममा राजनीति मात्र गरेको बताए । तराई मधेशको विकास र समस्याका विषयमा नेपाली कांग्रेस बाहेक अरु कसैले नसोचेको घिमिरेले बताए । त्यस्तै महाधिवेशनका विषयमा निर्धारित समयमै महाधिवेशन हुने नेता घिमिरेले जानकारी दिए । उनले ३६ वर्षको शासनमा नेपाली कांग्रेसबाट पनि गल्ति भएको स्विकार गरे । उनले पार्टीबाट भएका कमकमजोरी र गल्तिहरुकै कारणले पनि जेनजी आन्दोलन निम्तिएको स्विकार गर्दै यसलाई समिक्षा गरी पार्टीले सुधार गर्ने निति ल्याएको जानकारी दिए । उनले अहिलेको पुस्ताको माग अनुसार पार्टीको विधानमा परिवर्तन, पार्टीको नेतृत्वमा परिवर्तन र पार्टीको नीतिमा पुर्नवालोकनको आवश्यक रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१ असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य
१ असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्मबमोजिम आगामी बजेट आउनुपर्छ’
रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
अमरेश सिंहले ५ जिल्ला बाहेक अरु जिल्ला विदेशीलाई दिउ भनेपछि संसद्‍मा हंगामा
अमरेश सिंहले ५ जिल्ला बाहेक अरु जिल्ला विदेशीलाई दिउ भनेपछि संसद्‍मा हंगामा
सर्वोच्चको आदेशले सिटिइभिटीका उपाध्यक्ष बराल पदमुक्त
सर्वोच्चको आदेशले सिटिइभिटीका उपाध्यक्ष बराल पदमुक्त
सल्यानमा यात्रुवाहक गाडी दुर्घटना, ३ जनाको मृ*त्यु
सल्यानमा यात्रुवाहक गाडी दुर्घटना, ३ जनाको मृ*त्यु
महायज्ञ गर्ने भन्दै एक दलित परिवारको घर भत्काउने घटनाका दोषीलाई कारबाही गर्न माग
महायज्ञ गर्ने भन्दै एक दलित परिवारको घर भत्काउने घटनाका दोषीलाई कारबाही गर्न माग
राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथस नियुक्त
राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथस नियुक्त
चारदेशीय टी-२०; ललितले लिए एकै ओ‌भरमा दुई विकेट, पानी परेपछि रोकियो खेल
चारदेशीय टी-२०; ललितले लिए एकै ओ‌भरमा दुई विकेट, पानी परेपछि रोकियो खेल
चीन भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता
चीन भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता