मलेसिया जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक ५३ हजार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ४, २०८१
|
|
९१ पटक हेरिएको
Shares
मलेसिया जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक ५३ हजार

सारांश

  • मलेसिया जाने विदेशी कामदारले हाल न्यूनतम मासिक पारिश्रमिक १ हजार ५ सय रिंगेट थियो।
  • आगामी फ्रेब्रुअरीदेखि मलेसियाले विदेशी कामदारको तलब २ सय रिंगेट थप गरी १ हजार ७ सय रिंगेट पुर्‍याउने भएको हो।
  • मलेसियाका प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर बिन इब्राहिमले अक्टोबर १८ शुक्रबार मलेसियाको संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा सबै निकायसँगको सहमतिमा तलब वृद्धिको निर्णय भएको जानकारी गराएको छन्।

४ कार्तिक , काठमाडौँ- मलेसिया रोजगारीका लागि जाने विदेशी कामदारको न्यूनतम पारिश्रमिकमा दुई सय रिंगेट बढ्ने भएको छ। मलेसिया जाने विदेशी कामदारले हाल न्यूनतम मासिक पारिश्रमिक १ हजार ५ सय रिंगेट थियो।

आगामी फ्रेब्रुअरीदेखि मलेसियाले विदेशी कामदारको तलब २ सय रिंगेट थप गरी १ हजार ७ सय रिंगेट पुर्‍याउने भएको हो। मलेसियाका प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर बिन इब्राहिमले अक्टोबर १८ शुक्रबार मलेसियाको संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा सबै निकायसँगको सहमतिमा तलब वृद्धिको निर्णय भएको जानकारी गराएको छन्।

तलब वृद्धिको निर्णयप्रति मलेसियामा काम गर्ने स्थानीयदेखि विदेशी सबै कामदारले सकारात्मक प्रतिक्रिया दिएका छन् भने मलेसियाली प्रधानमन्त्री तथा अर्थमन्त्री इब्राहिमले कामदारको आर्थिक स्थिति सुधार्न आफू र आफ्नो सरकार सदैव रहेको समेत उनले बताए। वृद्धि भएको नयाँ न्यूनतम पारिश्रमिकको निर्णय आउँदो वर्ष सन् २०२५ फ्रेबुअरीले लागू हुने छ। पाँच जनाभन्दा कम कामदार रहेका साना रोजगारदाताले भने आगामी बर्ष अगष्टदेखि मात्रै नयाँ तलब लागू गर्न पाउने बताइएको छ।

तलब वृद्धिपछि मलेसिया रोजगारीमा जाने नेपाली कामदारको मासिक न्यूनतम ५३ हजार ४३ रूपैयाँ पाउने म्यानपावर व्यवसायीले जनाएको छ। हाल नेपालीले ४६ हजार ८ सय पाउँदै आएका छन्। मलेसियामा सेष्टेम्बरको अन्तिमसम्म चार लाख ५० हजारभन्दा बढी कार्यरत रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ। मलेसियाबाट नेपाल प्रतिमहिना २ अर्ब ५० करोड रेमिट्यान्स भित्रिने गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको अवैध कोइलाखानीमा वि*स्फोटः नेपालकाका दुई युवासहित १८ जनाको मृ*त्यु
भारतको अवैध कोइलाखानीमा वि*स्फोटः नेपालकाका दुई युवासहित १८ जनाको मृ*त्यु
उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ
उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ
राजीनामा नदिने गृहमन्त्रीको अडान, संसदमा बोल्न मागे समय
राजीनामा नदिने गृहमन्त्रीको अडान, संसदमा बोल्न मागे समय
फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको संख्या १०० नाघ्यो
फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको संख्या १०० नाघ्यो
लुटपाटमा संलग्न गिरोहका चार भारतीयसहित ६ जना पक्राउ
लुटपाटमा संलग्न गिरोहका चार भारतीयसहित ६ जना पक्राउ
प्रदर्शनकारीले खोसे सशस्त्रको गाडी, संसद् भवन छिरेपछि प्रहरीद्वारा हवाई फायर
प्रदर्शनकारीले खोसे सशस्त्रको गाडी, संसद् भवन छिरेपछि प्रहरीद्वारा हवाई फायर
दलहरूको सहभागिताविना निर्वाचन सम्भव छैन : उपेन्द्र यादव
दलहरूको सहभागिताविना निर्वाचन सम्भव छैन : उपेन्द्र यादव
जनमत सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी
जनमत सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
अनिललाई किन्न ८ टोलीको नै प्रतिस्पर्धा, जनकपुरमा भाग्यमानी
अनिललाई किन्न ८ टोलीको नै प्रतिस्पर्धा, जनकपुरमा भाग्यमानी