Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

२२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ को मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक ६, २०८१
|
|
४६ पटक हेरिएको
Shares
२२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ को मृत्यु

सारांश

  • देशभर पुष्टि भएका २२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भएको छ ।
  • ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार गत  जनवरीयता हालसम्म २२ हजार ८२ जनामा डेंगु सङ्क्रमण भएको छ ।
  • सोमध्ये ११ जनाको मृत्यु भएको हो ।

 

६ कार्तिक, काठमाडौँ । देशभर पुष्टि भएका २२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार गत  जनवरीयता हालसम्म २२ हजार ८२ जनामा डेंगु सङ्क्रमण भएको छ ।

सोमध्ये ११ जनाको मृत्यु भएको हो । यस्तै, डेंगु सङ्क्रमण ७७ जिल्लामध्ये ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेंगु सङ्क्रमणबाट हालसम्म ३ हजार ५ सय ९४ जना प्रभावित भएका छन् । यस्तै, कास्कीमा ३ हजार १ सय ८८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नु पर्ने चिकित्सक सुझाउँछन् ।

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं महानगर प्रहरीको भूमिका प्रशंसनीय : आईजीपी कार्की
काठमाडौं महानगर प्रहरीको भूमिका प्रशंसनीय : आईजीपी कार्की
चार वटा संसदीय समितिको बैठक बस्दै
चार वटा संसदीय समितिको बैठक बस्दै
माधव नेपालविरुद्ध १८ करोड ५८ लाख विगो दाबी
माधव नेपालविरुद्ध १८ करोड ५८ लाख विगो दाबी
मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता
मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता
मानव अधिकार आयोगले सरकारलाई भन्यो : ईको जीवन रक्षाको पहल गर
मानव अधिकार आयोगले सरकारलाई भन्यो : ईको जीवन रक्षाको पहल गर
यी हुन् आज शपथ लिन लागेका एमालेका ३३ जना मनोनित केन्द्रीय सदस्य
यी हुन् आज शपथ लिन लागेका एमालेका ३३ जना मनोनित केन्द्रीय सदस्य
मतदाता नामावली संकलनको समय थप्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह
मतदाता नामावली संकलनको समय थप्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह
प्र.स.नि साह जिल्लाको निर्देशनको अवहेलना गर्दै स.प्र.ना.नि अधिकारीसँग मिलि तस्करी कार्यलाई सघाउदै
प्र.स.नि साह जिल्लाको निर्देशनको अवहेलना गर्दै स.प्र.ना.नि अधिकारीसँग मिलि तस्करी कार्यलाई सघाउदै
आजको मौसम :  यी प्रदेशमा हल्का वर्षाको सम्भावना
आजको मौसम :  यी प्रदेशमा हल्का वर्षाको सम्भावना
मधेशमा तत्कालीन क्याबिनेटका सबै निर्णय बदर
मधेशमा तत्कालीन क्याबिनेटका सबै निर्णय बदर