मानव अधिकार आयोगले सरकारलाई भन्यो : ईको जीवन रक्षाको पहल गर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १०, २०८०
|
|
२९ पटक हेरिएको
Shares
मानव अधिकार आयोगले सरकारलाई भन्यो : ईको जीवन रक्षाको पहल गर

सारांश

  • राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं महानगरपालिकाविरुद्ध उभिएर धर्ना दिँदै आएका अभियन्ता ‘ई’को जीवन रक्षाका लागि पहल गर्न र साना सडक व्यवसायीहरुलाई वैकल्पिक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
  • आयोगले आफ्नो स्वास्थ्य र जीवनै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रदर्शनका अन्य विकल्प खोज्न अभियन्ता ‘ई’लाई आग्रह पनि गरेको छ ।
  • आयोगका सहसचिव एवम् प्रवक्ता टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै भनेका छन् ‘धर्नामा रहेका व्यक्ति ‘ई’को स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजको जीवन रक्षाका लागि पहल गर्न, वास्तविक पीडित र साना सडक व्यवसायीहरुको पहिचान गरी उनीहरुलाई पेशा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोग नेपाल सरकार र काठमाडौं महानगरपालिको ध्यानाकर्षण गराउँदछ ।

१० असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं महानगरपालिकाविरुद्ध उभिएर धर्ना दिँदै आएका अभियन्ता ‘ई’को जीवन रक्षाका लागि पहल गर्न र साना सडक व्यवसायीहरुलाई वैकल्पिक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले आफ्नो स्वास्थ्य र जीवनै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रदर्शनका अन्य विकल्प खोज्न अभियन्ता ‘ई’लाई आग्रह पनि गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै भनेका छन् ‘धर्नामा रहेका व्यक्ति ‘ई’को स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजको जीवन रक्षाका लागि पहल गर्न, वास्तविक पीडित र साना सडक व्यवसायीहरुको पहिचान गरी उनीहरुलाई पेशा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोग नेपाल सरकार र काठमाडौं महानगरपालिको ध्यानाकर्षण गराउँदछ । साथै, आफ्नो स्वास्थ्य र जीवन नै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रर्दशनका अन्य विकल्प खोज्न आयोग सम्बन्धित पक्षलाई पनि आग्रह गर्दछ ।’

‘ई’ले उठाएको साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग मानवअधिकार उपभोगसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको जनाउँदै आयोगले, उनले उठाएका मागमा संवेदनशील बन्न सरकार र काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएको छ । अभियन्ता ‘ई’ ले फुटपाथमा बसेर व्यापार गर्दै आएकाहरुलाई विना विकल्प हटाइएको भन्दै काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृह अगाडि उभिएर आठ दिनदेखि विरोध जनाउँदै आएका छन् । आयोगकी सदस्य लिली थापा नेतृत्वको टोली मंगलबार राष्ट्रिय सभागृह पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो ।

आयोगका अनुसार ‘ई’ राति १२ बजेदेखि ५ बजेसम्म कुर्सीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेका छन् । विगत आठ दिनदेखि उभिएर धर्ना दिँदा ‘ई’का दुवै खुट्टा अस्वाभाविक रुपमा सुन्निएका छन् । उनका नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, सुन्निएको कम गर्नका लागि चिकित्सकको सल्लाह बमोजिम असोज ८ गतेदेखि औषधि सेवन गरिरहेको लगायतका जानकारी पाइएको आयोगले जनाएको छ । आयोगले महानगरपालिकाका अधिकारीहरुसँग पनि छलफल गरी समस्या समाधानका लागि पहल गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ
कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ
धारिलो हतियार प्रहार गरी बारामा एक जनाको हत्या, तीन जना पक्राउ
धारिलो हतियार प्रहार गरी बारामा एक जनाको हत्या, तीन जना पक्राउ
चैत ४ देखि सुरु हुँदै तेस्रो लालबन्दी महोत्सव
चैत ४ देखि सुरु हुँदै तेस्रो लालबन्दी महोत्सव
एसिसी यु–१९ प्रिमियर कपको लागि नेपाली क्रिकेट टोलीलाई बिदाई
एसिसी यु–१९ प्रिमियर कपको लागि नेपाली क्रिकेट टोलीलाई बिदाई
बारामा बाघको आक्रमणबाट एक महिनामा चार जनाको मृ*त्यु
बारामा बाघको आक्रमणबाट एक महिनामा चार जनाको मृ*त्यु
आफ्नो प्रस्ताव विपक्षीले नमानेपछि बैठक छोडेर हिँडिन् सामान्य प्रशासन मन्त्री
आफ्नो प्रस्ताव विपक्षीले नमानेपछि बैठक छोडेर हिँडिन् सामान्य प्रशासन मन्त्री
लाओसविरुद्ध रेनुकालाई कप्तानको जिम्मेवारी
लाओसविरुद्ध रेनुकालाई कप्तानको जिम्मेवारी
लगानी बोर्डको ६४औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
लगानी बोर्डको ६४औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
इनिशा बिक ह*त्या प्रकरण : सकिएन अनुसन्धान, उठेन श*व
इनिशा बिक ह*त्या प्रकरण : सकिएन अनुसन्धान, उठेन श*व
फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा किन गएनन् बालेन ?
फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा किन गएनन् बालेन ?