Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मानव अधिकार आयोगले सरकारलाई भन्यो : ईको जीवन रक्षाको पहल गर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १०, २०८०
|
|
४१ पटक हेरिएको
Shares
मानव अधिकार आयोगले सरकारलाई भन्यो : ईको जीवन रक्षाको पहल गर

सारांश

  • राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं महानगरपालिकाविरुद्ध उभिएर धर्ना दिँदै आएका अभियन्ता ‘ई’को जीवन रक्षाका लागि पहल गर्न र साना सडक व्यवसायीहरुलाई वैकल्पिक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
  • आयोगले आफ्नो स्वास्थ्य र जीवनै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रदर्शनका अन्य विकल्प खोज्न अभियन्ता ‘ई’लाई आग्रह पनि गरेको छ ।
  • आयोगका सहसचिव एवम् प्रवक्ता टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै भनेका छन् ‘धर्नामा रहेका व्यक्ति ‘ई’को स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजको जीवन रक्षाका लागि पहल गर्न, वास्तविक पीडित र साना सडक व्यवसायीहरुको पहिचान गरी उनीहरुलाई पेशा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोग नेपाल सरकार र काठमाडौं महानगरपालिको ध्यानाकर्षण गराउँदछ ।

१० असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं महानगरपालिकाविरुद्ध उभिएर धर्ना दिँदै आएका अभियन्ता ‘ई’को जीवन रक्षाका लागि पहल गर्न र साना सडक व्यवसायीहरुलाई वैकल्पिक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले आफ्नो स्वास्थ्य र जीवनै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रदर्शनका अन्य विकल्प खोज्न अभियन्ता ‘ई’लाई आग्रह पनि गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै भनेका छन् ‘धर्नामा रहेका व्यक्ति ‘ई’को स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजको जीवन रक्षाका लागि पहल गर्न, वास्तविक पीडित र साना सडक व्यवसायीहरुको पहिचान गरी उनीहरुलाई पेशा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोग नेपाल सरकार र काठमाडौं महानगरपालिको ध्यानाकर्षण गराउँदछ । साथै, आफ्नो स्वास्थ्य र जीवन नै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रर्दशनका अन्य विकल्प खोज्न आयोग सम्बन्धित पक्षलाई पनि आग्रह गर्दछ ।’

‘ई’ले उठाएको साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग मानवअधिकार उपभोगसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको जनाउँदै आयोगले, उनले उठाएका मागमा संवेदनशील बन्न सरकार र काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएको छ । अभियन्ता ‘ई’ ले फुटपाथमा बसेर व्यापार गर्दै आएकाहरुलाई विना विकल्प हटाइएको भन्दै काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृह अगाडि उभिएर आठ दिनदेखि विरोध जनाउँदै आएका छन् । आयोगकी सदस्य लिली थापा नेतृत्वको टोली मंगलबार राष्ट्रिय सभागृह पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो ।

आयोगका अनुसार ‘ई’ राति १२ बजेदेखि ५ बजेसम्म कुर्सीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेका छन् । विगत आठ दिनदेखि उभिएर धर्ना दिँदा ‘ई’का दुवै खुट्टा अस्वाभाविक रुपमा सुन्निएका छन् । उनका नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, सुन्निएको कम गर्नका लागि चिकित्सकको सल्लाह बमोजिम असोज ८ गतेदेखि औषधि सेवन गरिरहेको लगायतका जानकारी पाइएको आयोगले जनाएको छ । आयोगले महानगरपालिकाका अधिकारीहरुसँग पनि छलफल गरी समस्या समाधानका लागि पहल गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जीपमा ७५० केजी गाँजा लिएर हिँडेका २ जना पक्राउ
जीपमा ७५० केजी गाँजा लिएर हिँडेका २ जना पक्राउ
बंगलादेशमा सरकार विरोधी प्रदर्शन : मृतकको सङ्ख्या ९१ पुग्यो
बंगलादेशमा सरकार विरोधी प्रदर्शन : मृतकको सङ्ख्या ९१ पुग्यो
सङ्घीय सरकारलाई बागमतीका अर्थमन्त्रीको चुनौती– आफ्नो चालु खर्च घटाएर देखाउनुहोस्
सङ्घीय सरकारलाई बागमतीका अर्थमन्त्रीको चुनौती– आफ्नो चालु खर्च घटाएर देखाउनुहोस्
१ वर्षमा १६९ देशका पर्यटक पुगे अन्नपूर्ण संरक्षण क्षेत्र
१ वर्षमा १६९ देशका पर्यटक पुगे अन्नपूर्ण संरक्षण क्षेत्र
कञ्चनपुरमा बसको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
कञ्चनपुरमा बसको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
सरकारप्रति गगन थापाको टिप्पणी : हामी बिँड तातिसक्यौं, ताप्के तातेन
सरकारप्रति गगन थापाको टिप्पणी : हामी बिँड तातिसक्यौं, ताप्के तातेन
सर्लाही–२ बाट राजेन्द्र महतोको एकल नाम सिफारिस
सर्लाही–२ बाट राजेन्द्र महतोको एकल नाम सिफारिस
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
हराएको ४ दिनपछि माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव, ६ जना पक्राउ
हराएको ४ दिनपछि माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव, ६ जना पक्राउ
राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठ मनोनीत
राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठ मनोनीत