प्र.स.नि साह जिल्लाको निर्देशनको अवहेलना गर्दै स.प्र.ना.नि अधिकारीसँग मिलि तस्करी कार्यलाई सघाउदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २६, २०८०
|
|
३३ पटक हेरिएको
Shares
प्र.स.नि साह जिल्लाको निर्देशनको अवहेलना गर्दै स.प्र.ना.नि अधिकारीसँग मिलि तस्करी कार्यलाई सघाउदै

सारांश

  • कलैया , २५ कात्तिक प्रहरी चौकि तेलकुवा ईन्चार्ज प्रहरी सहायक निरीक्षक राजु साह जिल्ला प्रहरी कार्यालय प्रमुख सुरेश काफ्लेको निर्देशनलाई अवहेलना गर्दै सशस्त्र प्रहरी बेश क्याम्प तेलकुवा ईन्चार्ज कृष्ण अधिकारीसँग मिलि तस्करी कार्यलाई सघाउदै आएको रहस्य बाहिर आएको छ।
  • केहि दिन पहिला नै सशस्त्र प्रहरी बेश क्याम्प तेलकुवाको सशस्त्र प्रहरीले नै तस्करसँग साँठगाँठ राखेको फोटो सहित नै समाचार बिभिन्न सँचारमाध्यममा प्रकाशन भएको थियो।
  • समाचार प्रकाशन भएपनि सशस्त्र प्रहरी नायब निरीक्षक अधिकारीको माथिल्लो निकायसँग राम्रो सम्बन्ध भएको तथा अधिकारीले तस्करीबाट उठाएको रकम माथिल्लो निकायसम्म नजराना बुझाउने गरेकोले हालसम्म कुनै किसिमको कार्वाही हुन नसकेको तथ्यले प्रमाणित गरेको छ।

 

अमरेश कुमार पाण्डेय।

कलैया , २५ कात्तिक

प्रहरी चौकि तेलकुवा ईन्चार्ज प्रहरी सहायक निरीक्षक राजु साह जिल्ला प्रहरी कार्यालय प्रमुख सुरेश काफ्लेको निर्देशनलाई अवहेलना गर्दै सशस्त्र प्रहरी बेश क्याम्प तेलकुवा ईन्चार्ज कृष्ण अधिकारीसँग मिलि तस्करी कार्यलाई सघाउदै आएको रहस्य बाहिर आएको छ।

केहि दिन पहिला नै सशस्त्र प्रहरी बेश क्याम्प तेलकुवाको सशस्त्र प्रहरीले नै तस्करसँग साँठगाँठ राखेको फोटो सहित नै समाचार बिभिन्न सँचारमाध्यममा प्रकाशन भएको थियो। समाचार प्रकाशन भएपनि सशस्त्र प्रहरी नायब निरीक्षक अधिकारीको माथिल्लो निकायसँग राम्रो सम्बन्ध भएको तथा अधिकारीले तस्करीबाट उठाएको रकम माथिल्लो निकायसम्म नजराना बुझाउने गरेकोले हालसम्म कुनै किसिमको कार्वाही हुन नसकेको तथ्यले प्रमाणित गरेको छ। भने सशस्त्र प्रहरी बेश क्याम्प तेलकुवा र प्रहरी चौकि तेलकुवाको दुरी मात्र सय मिटर नै भएकोले प्रहरी सहायक निरीक्षक साह पनि तस्करी कार्यलाई सघाईरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।


जिल्ला प्रहरी कार्यालय बाराको प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश काफ्ले सदरमुकाम कलैयामा भएको हत्यामा सम्पुर्ण टिम परिचालन गरेका छन्। भने जिल्लाको सम्पुर्ण युनिटलाई तस्करीको कार्यलाई निरुत्साहित पार्न निर्देशन दिएको बेला नै प्रहरी सहायक निरीक्षक साह सशस्त्र प्रहरी नायब उपरीक्षक अधिकारीसँग मिलि आर्थिक लाभमा लागेको प्रमाणित सशस्त्र प्रहरीको फोटोबाट नै हुने गरेको छ।

सशस्त्र प्रहरीले आर्थिक लाभमा तस्करी गराएको छ।भने सय मिटरमा नै रहेको प्रहरी चौकि तेलकुवा किन तस्करीको मानसमान पक्राउ गर्ने सकेको छैन भनि प्रश्न समेत खडा भएको छ। उक्त क्षेत्रबाट दर्जनौ तस्करीहरुले सशस्त्र प्रहरी नायब निरीक्षक अधिकारीलाई र प्रहरी सहायक निरीक्षक साहलाई महिनाबारी दिएको कारण तस्करीको मालसमान भित्रि बजारसम्म पुग्ने गरेको पाईन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ