सेयर बजारको उछाल कायमै, एकैदिन सवा २७ अर्बको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २८, २०८१
|
|
२४ पटक हेरिएको
Shares
सेयर बजारको उछाल कायमै, एकैदिन सवा २७ अर्बको कारोबार

सारांश

  • साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा उछाल देखिएको छ ।
  • आज सेयर बजारमा २.
  • ४७ प्रतिशतको बढोत्तरी देखिएको छ ।

काठमाडौँ

साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा उछाल देखिएको छ । आज सेयर बजारमा २.४७ प्रतिशतको बढोत्तरी देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ७०.८१ अंकले बढेर २९३१.६५ बिन्दुमा पुगेको छ ।

आज नेपाली सेयर बजारमा २७ अर्ब २४ करोड २० लाख ३४ हजार रुपैयाँको कारोबारसहित नयाँ रेकर्ड बनेको छ । अघिल्लो कारोबार दिन आइतबर २६ अर्ब माथिको कारोबार गरी नयाँ रेकर्ड बनाएको बजारमा आज पनि नयाँ रेकर्ड बनेको हो ।

कुल १३ उपसूचकमध्ये लागनी र उत्पादन तथा प्रशोधन बाहेक अन्य सबै सूचक हरियाली बनेको छ । यस दिन जीवन बीमा, फाइनान्स र ब्यापार समूहमा लगानीकर्ता झुम्मिएका छन् ।

यस दिन १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको सेयर मूल्य घटेको छ । आज सूर्यज्योति लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, हिमालयन लाइफ इन्स्योरेन्स, स्वेत गंगा हाइड्रोपावर र शुभम् पावर पावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो । हिमाला दोलखा हाइड्रोपावर, शिखर इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, आँखु खोला हाइड्रोपावर अरुण कावेली लगायत कम्पनीको सेयर मूल्य पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यता, कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले ओरालो लागेको हो ।

नेपाल फाइनान्स, गरिमा डेबेन्चर-२०८५, हिमालयन लघुवित्त, सीईडीबी हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्य सर्वाधिक घटेका छन् ।

कारोबार रकमको आधारमा भने हिमालयन रि-इन्स्योरेन्स अग्रस्थानमा देखिएको छ । यस दिन कम्पनीको १ अर्ब २२ करोड ८० लाख ७२ हजार रुपैयाँको सेयर किनबेच भएको छ।

शिवम् सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), नेपाल फाइनान्स, हिमालयन लाइफ इन्स्योरेन्स लगायत कम्पनीको सर्वाधिक कारोबार भएको छ । यी सबै कम्पनीको ५० करोड भन्दा माथिको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षकको प्रदर्शनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित
शिक्षकको प्रदर्शनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित
चिनियाँ राजदूत साङ्को मदनपुरमा भव्य स्वागत, प्रविधिमैत्री कक्षाको उद्घाटन
चिनियाँ राजदूत साङ्को मदनपुरमा भव्य स्वागत, प्रविधिमैत्री कक्षाको उद्घाटन
बिपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग
बिपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग
गौर प्रादेशिक अस्पतालमा अख्तियारको छापा
गौर प्रादेशिक अस्पतालमा अख्तियारको छापा
अमेरिकाविरुद्ध आसिफ शेखको पनि अर्धशतक पूरा
अमेरिकाविरुद्ध आसिफ शेखको पनि अर्धशतक पूरा
सुनको मूल्यमा यो साता पनि नयाँ रेकर्ड
सुनको मूल्यमा यो साता पनि नयाँ रेकर्ड
जेनजी आन्दोलनमा गोली आदेशको सत्यता अनुसन्धानबाटै आउनुपर्छ: महान्यायाधिवक्ता
जेनजी आन्दोलनमा गोली आदेशको सत्यता अनुसन्धानबाटै आउनुपर्छ: महान्यायाधिवक्ता
पूर्वाधार कार्यालयको दाबी अवरोधका बाबजुद समयमै योजना कार्यान्वयन र भुक्तानी
पूर्वाधार कार्यालयको दाबी अवरोधका बाबजुद समयमै योजना कार्यान्वयन र भुक्तानी
सामान्य अंकले बढ्यो नेप्से, ‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता
सामान्य अंकले बढ्यो नेप्से, ‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल