सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २१, २०८३
|
|
९३ पटक हेरिएको
Shares
सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड

सारांश

  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समय सीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।
  • उनले आयोजनाको सफल कार्यान्वयनले बाँके जिल्लाको कृषि उत्पादन, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
  • आयोजनाको स्थलगत निरीक्षणपछि कर्मचारी तथा लाभान्वित किसानहरूसँग भएको अन्तरक्रियामा मन्त्री श्रेष्ठले सरकारले आयोजनाका लागि आवश्यक बजेटको सुनिश्चित गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै निर्माण कार्यलाई तीव्रता दिन सुझाव दिए ।

बाँके ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समय सीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । उनले आयोजनाको सफल कार्यान्वयनले बाँके जिल्लाको कृषि उत्पादन, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।

आयोजनाको स्थलगत निरीक्षणपछि कर्मचारी तथा लाभान्वित किसानहरूसँग भएको अन्तरक्रियामा मन्त्री श्रेष्ठले सरकारले आयोजनाका लागि आवश्यक बजेटको सुनिश्चित गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै निर्माण कार्यलाई तीव्रता दिन सुझाव दिए । उनले राष्ट्रिय गौरवको यस आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक ऐन–कानुन तथा प्रशासनिक प्रक्रियामा देखिएका जटिलता समाधानका लागि आफूले आवश्यक पहल गर्ने बताउनुभयो। बहु वर्षीय ठेक्का तथा सहमतिसम्बन्धी प्रक्रियालाई थप सरल र प्रभावकारी बनाइने उनको भनाइ थियो ।

मन्त्री श्रेष्ठले नहर क्षेत्रको अतिक्रमण, प्रदूषण तथा अनियन्त्रित सहरीकरणका कारण सिँचित क्षेत्र क्रमशः संकुचित हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै नहर संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । सिँचाइ पूर्वाधार निर्माणसँगै किसानका खेतसम्म पानी पु¥याउने मात्र नभई उत्पादित कृषि वस्तुको बजारीकरण, गुणस्तरीय बीउ तथा मलको सहज उपलब्धता र कृषि उत्पादनको मूल्य शृङ्खला विकासमा समेत सरकारले आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता जनाए । उनले सिक्टा सिँचाइ आयोजना पूर्वाधार निर्माणमा मात्र सीमित नरही बाँकेको कृषि आधुनिकीकरण, उत्पादन वृद्धि, खाद्य सुरक्षाको सुदृढीकरण तथा किसानको आयआर्जन बढाउने दीर्घकालीन आधार बन्ने उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘रियालिटी शो’का प्रतिस्पर्धीहरुलाई राष्ट्रपति पौडेलद्वारा स्वागत
‘रियालिटी शो’का प्रतिस्पर्धीहरुलाई राष्ट्रपति पौडेलद्वारा स्वागत
पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, चालक गम्भीर
पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, चालक गम्भीर
बालमन्दिरको अवस्था बारे मन्त्रीलाई ध्यानाकर्षण
बालमन्दिरको अवस्था बारे मन्त्रीलाई ध्यानाकर्षण
लहानमा राजमार्ग केन्द्रित होटल अनुगमन, चार होटललाई ३० हजार जरिवाना
लहानमा राजमार्ग केन्द्रित होटल अनुगमन, चार होटललाई ३० हजार जरिवाना
राष्ट्रिय महिला भलिबलको फाइनलमा केशवलाल, उपाधिका लागि न्यू डायमण्डको सामना गर्दै
राष्ट्रिय महिला भलिबलको फाइनलमा केशवलाल, उपाधिका लागि न्यू डायमण्डको सामना गर्दै
बूढानीलकण्ठका मेयरको घर तोडफोड गरेको आरोपमा २ युवती पक्राउ
बूढानीलकण्ठका मेयरको घर तोडफोड गरेको आरोपमा २ युवती पक्राउ
गायक तिमिल्सिनाको निधन
गायक तिमिल्सिनाको निधन
देशका अधिकांश स्थानमा पानी पर्ने, चार प्रदेशमा ‘भारी वर्षाको सम्भावना
देशका अधिकांश स्थानमा पानी पर्ने, चार प्रदेशमा ‘भारी वर्षाको सम्भावना
देउवाको सन्देश : ओलीलाई धोका दिन्नँ, ०८४ सम्मै सहकार्य जान्छ
देउवाको सन्देश : ओलीलाई धोका दिन्नँ, ०८४ सम्मै सहकार्य जान्छ
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर