युवालाई नेतृत्वमा ल्याउने काम एमालेले व्यवहारमै उतार्योः सुनिता डंगोल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १५, २०८२
|
|
२२ पटक हेरिएको
Shares
युवालाई नेतृत्वमा ल्याउने काम एमालेले व्यवहारमै उतार्योः सुनिता डंगोल

सारांश

  • नेकपा एमालेकी केन्द्रीय सदस्य सुनिता डंगोलले युवाहरुलाई राजनीतिमा ल्याउने कुरालाई नेकपा एमालेले व्यवहारमा उतारेको बताईन् ।
  • मंगलबार काठमाडौंमा आयोजित एमालेको ११ औं महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक विचार गोष्ठीमा उनले अन्य पार्टीहरुले युवाहरु राजनीतिमा आउनु पर्छ, युवाहरुलाई प्रोत्साहन दिनुपर्छ भनेर धेरैले नारा र बोली बनाएको भन्दै नेकपा एमालेले भने त्यो सन्देश व्यवहारमा नै उतारेको बताईन् ।
  • उनले भनिन्, ‘युवाहरु राजनीतिमा आउनु पर्छ, युवाहरुलाई प्रोत्साहन दिनुपर्छ भनेर धेरैले नारा र बोली बनाए तर नेकपा एमालेले भने त्यो सन्देश व्यवहारमा नै उतारेको छ ।

 

काठमाडौं ।

नेकपा एमालेकी केन्द्रीय सदस्य सुनिता डंगोलले युवाहरुलाई राजनीतिमा ल्याउने कुरालाई नेकपा एमालेले व्यवहारमा उतारेको बताईन् । मंगलबार काठमाडौंमा आयोजित एमालेको ११ औं महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक विचार गोष्ठीमा उनले अन्य पार्टीहरुले युवाहरु राजनीतिमा आउनु पर्छ, युवाहरुलाई प्रोत्साहन दिनुपर्छ भनेर धेरैले नारा र बोली बनाएको भन्दै नेकपा एमालेले भने त्यो सन्देश व्यवहारमा नै उतारेको बताईन् ।

उनले भनिन्, ‘युवाहरु राजनीतिमा आउनु पर्छ, युवाहरुलाई प्रोत्साहन दिनुपर्छ भनेर धेरैले नारा र बोली बनाए तर नेकपा एमालेले भने त्यो सन्देश व्यवहारमा नै उतारेको छ । युवाहरुलाई पार्टीमा अझ केन्द्रीय नेतृत्वमा ल्याउनको लागि छुट्टै स्थान, समूह नै बनाइएको छ ।’ उनले प्रतिनिधि चयनदेखि नेतृत्व छनोटमा ४० वर्षमुनिको समुहका युवाहरुको सहभागिता सुनिश्चिित गरिएको पनि बताईन् । ११ औं राष्ट्रिय महाधिवेशनबाट जस्तो सुकै चुनौती आउँदा पनि सकारात्मक हुनु पर्छ भन्ने उर्जा प्राप्त गरेको पनि उनको भनाई छ । उनले भनिन्, ‘नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मेरो लागि धेरै कुराहरुमा पहिलो अनुभव थियो । महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागि हुनु मेरो पहिलो अनुभव थियो । जस्तो सुकै चुनौती आईपर्दा पनि सकारात्मक हुनु पर्छ भन्ने उर्जा पनि मैले महाधिवेशनबाट सिकेको छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?