विद्युत प्राधिकरणबाट कुलमान घिसिङ पदमुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ११, २०८१
|
|
३४ पटक हेरिएको
Shares
विद्युत प्राधिकरणबाट कुलमान घिसिङ पदमुक्त

सारांश

  • सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ ।
  • मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरे ।
  • यसअघि मन्त्रिपरिषद् बैठकले कुलमानमाथि चारबुँदे आरोप लगाउँदै ३ दिनभित्र सफाइ पेस गर्न भनेको थियो ।

११ चैत, काठमाडौँ ।

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरे ।

यसअघि मन्त्रिपरिषद् बैठकले कुलमानमाथि चारबुँदे आरोप लगाउँदै ३ दिनभित्र सफाइ पेस गर्न भनेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यमार्फत कुलमानलाई ७२ घण्टे स्पष्टीकरण सोधिएको थियो ।

मूल्य बढाएर भारतसँग विद्युत् खरिद सम्झौता गरेको, कार्यसम्पादन मूल्यांकनका लागि समयमा विवरण नबुझाएको, त्यसमा शून्य अंक पाएको र प्राधिकरणको नाफा ‘फेक’ देखाएर प्रचार गरेको लगायतका आरोप कुलमानमाथि लगाइएको थियो ।

सरकारले सोधेको चारबुँदे स्पष्टीकरणका विषयमा कुलमानले ७ वटा बुँदामा स्पष्टीकरण दिएका थिए ।  कुलमानले मन्त्रिपरिषद्ले मागेको स्पष्टीकरण आफूविरुद्ध कुनै पनि कारबाही हुन नपर्ने जिकिर गर्दै स्पष्टीकरण बुझाएका थिए । उनले मन्त्रिपरिषद्ले सोधेको स्पष्टीकरणमा मन्त्री पूर्वाग्राही भएको समेत उल्लेख गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलाली र कञ्चनपुरबाट खैरो हेरोइनसहित ९ जना पक्राउ
कैलाली र कञ्चनपुरबाट खैरो हेरोइनसहित ९ जना पक्राउ
जाजरकोट भूकम्पका ३ सय ८० भन्दा बढी परकम्प
जाजरकोट भूकम्पका ३ सय ८० भन्दा बढी परकम्प
काठमाडौंमा मोटरसाइकल दुर्घटना, एक महिलाको मृ*त्यु, चालक घाइते
काठमाडौंमा मोटरसाइकल दुर्घटना, एक महिलाको मृ*त्यु, चालक घाइते
नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन :  प्रधानमन्त्री
नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन : प्रधानमन्त्री
प्रतिकूल मौसमका कारण धेरैजसो विमानस्थलमा उडान प्रभावित
प्रतिकूल मौसमका कारण धेरैजसो विमानस्थलमा उडान प्रभावित
पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन 
पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन 
बागमतीमा हानेपाका बज्रचार्य बने भौतिक पूर्वाधार मन्त्री
बागमतीमा हानेपाका बज्रचार्य बने भौतिक पूर्वाधार मन्त्री
नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान
नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान
आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र, निन नम्बर पाएकाले राहदानी बनाउन मिल्ने
आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र, निन नम्बर पाएकाले राहदानी बनाउन मिल्ने
मौसम पूर्वानुमान : देशको पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहने
मौसम पूर्वानुमान : देशको पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहने