नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३, २०८२
|
|
२२ पटक हेरिएको
Shares
नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन :  प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न कुनै बाधा नरहेको बताएका छन् ।
  • मंगलबार १७ औं नाडा अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताए ।
  • नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्ने प्रधानमन्त्री ओलीले बताए ।

३ भदौ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न कुनै बाधा नरहेको बताएका छन् । मंगलबार १७ औं नाडा अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताए । नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्ने प्रधानमन्त्री ओलीले बताए । उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास दिलाए ।  ‘हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्था र पूर्वाधार विकास गरेका छौं ।  लगानी र काम गर्न कुनै बाधा छैन ।

अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । कोही असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको छ भने त केही लाग्दैन’, उनले भने । उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्ग बन्दै गरेका र अन्तर्राष्ट्रिय विमानस्थल थपिएका प्रधानमन्त्री ओलीले उल्लेख गरे ।  ‘हरित ऊर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोग गर्दैछौं । प्रविधिको रूपान्तरण भइसकेको छ । यी सबैको ध्येय विकास र समृद्धि हो । यसमा तपाईंहरू ढुक्कले अगाडि बढ्नुस् । देशका लागि योगदान दिनुहोस्’, प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इण्डोनेसियाली सामानहरूमा १९ प्रतिशत कर लाग्ने ट्रम्पको घोषणा
इण्डोनेसियाली सामानहरूमा १९ प्रतिशत कर लाग्ने ट्रम्पको घोषणा
मल्लकालीन परिवारलाई इङ्गित गर्ने नवदुर्गाको ङालाकेगु जात्रा
मल्लकालीन परिवारलाई इङ्गित गर्ने नवदुर्गाको ङालाकेगु जात्रा
कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ :माधव नेपाल
कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ :माधव नेपाल
मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन
मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन
पत्रकार बिपेन्द्र साहमाथि सांघातिक हमला
पत्रकार बिपेन्द्र साहमाथि सांघातिक हमला
थामे प्रभावितलाई काठमाडौं महानगरको २० लाख राहत
थामे प्रभावितलाई काठमाडौं महानगरको २० लाख राहत
भारतलाई हराउँदै पाकिस्तान यु –१९ एसिया कप च्याम्पियन
भारतलाई हराउँदै पाकिस्तान यु –१९ एसिया कप च्याम्पियन
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
गृहका ४० अधिकारीको सरुवा तथा पदस्थापन
गृहका ४० अधिकारीको सरुवा तथा पदस्थापन
प्रधानमन्त्री नियुक्ति भ्रष्ट बचाउने खेल भयो : राष्ट्रिय मातृभूमी पार्टी
प्रधानमन्त्री नियुक्ति भ्रष्ट बचाउने खेल भयो : राष्ट्रिय मातृभूमी पार्टी