Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ८, २०८२
|
|
३७ पटक हेरिएको
Shares
मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन

सारांश

  •   मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा रु १२ अर्ब ९४ करोड २० लाख ६० हजार राजस्व सङ्कलन गरेको छ ।
  • जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हो ।
  • कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागार्इंका अनुसार चालु आवको वैशाख महिनासम्म रु १४ अर्ब १४ करोड ४२ लाख २० हजार राजस्व सङ्कलनको लक्ष्य रहेको थियो ।

 

८ जेठ, झापा । 

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा रु १२ अर्ब ९४ करोड २० लाख ६० हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागार्इंका अनुसार चालु आवको वैशाख महिनासम्म रु १४ अर्ब १४ करोड ४२ लाख २० हजार राजस्व सङ्कलनको लक्ष्य रहेको थियो । “गत आव २०८०/८१ को सोही अवधिमा राजस्व रु १५ अर्ब आठ करोड ६४ लाख २० हजार राजस्व सङ्कलनको लक्ष्य राखिएकामा ७६ दशमलव ८५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो तर यसपटक भने लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हासिल गरेका छौँ”, उहाँले भन्नुभयो ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको १० महिनाको अवधिमा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयातबाट ६० दशमलव ५५ प्रतिशत अर्थात् रु सात अर्ब ८३ करोड ६२ लाख ४३ हजार राजस्व सङ्कलन भएको छ । यसैगरी, तरकारीको आयातबाट रु ५८ करोड ३३ लाख १५ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट रु ३६ करोड ५३ लाख १५ हजार, खनिज उत्पादनबाट रु २४ करोड १० लाख ३० हजार, कफीबाट रु १९ करोड ३६ लाख ९० हजार, दलहनबाट रु २० करोड २९ लाख ९४ हजार, राजस्व सङ्कलन भएको सूचना अधिकारी हुमागार्इंले जानकारी दिनुभयो । यहाँबाट चालु आवको १० महिनामा रु २१ अर्ब ४५ करोड ९३ लाख २३ हजार बराबरको वस्तु निर्यात हुँदा रु १९ करोड ८९ लाख ६८ हजार राजस्व सङ्कलन भएको छ । सोही अवधिमा रु ३८ अर्ब ८८ करोड ७८ लाख ११ हजार बराबरको वस्तु आयात गरिँदा रु १२ अर्ब ७४ करोड ३० लाख ९२ हजार राजस्व सङ्कलन भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

  निकासी कर हटाउन माग गर्दै किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध
  निकासी कर हटाउन माग गर्दै किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै
राप्रपाको निष्कर्ष- सरकारले डराएर निषेधित क्षेत्र तोक्यो, एमालेको प्रदर्शन गणतन्त्र कमजोर भएको प्रमाण
राप्रपाको निष्कर्ष- सरकारले डराएर निषेधित क्षेत्र तोक्यो, एमालेको प्रदर्शन गणतन्त्र कमजोर भएको प्रमाण
आइतबार विहान ८ बजेसम्म अत्ति भारी बर्षाको संभावना छ : महानिर्देशक जोशी
आइतबार विहान ८ बजेसम्म अत्ति भारी बर्षाको संभावना छ : महानिर्देशक जोशी
राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
हर्कको दलको नाम ‘श्रम संस्कृति पार्टी’, निर्वाचन आयोगमा दिए निवेदन
हर्कको दलको नाम ‘श्रम संस्कृति पार्टी’, निर्वाचन आयोगमा दिए निवेदन
बहुदलीय व्यवस्थाका पिल्लर, दलहरुको गतिविधिलाई नियन्त्रण गरेर चुनाव हुन सक्दैन्’
बहुदलीय व्यवस्थाका पिल्लर, दलहरुको गतिविधिलाई नियन्त्रण गरेर चुनाव हुन सक्दैन्’
काठमाडौंमा बालेन–रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल
काठमाडौंमा बालेन–रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल
ढुंगा झरेर अरूण तेस्रोमा कार्यरत मजदुरको मृत्यु
ढुंगा झरेर अरूण तेस्रोमा कार्यरत मजदुरको मृत्यु
जुम्लामा सञ्चालित आँखा शिविरबाट छ सयजना लाभान्वित   
जुम्लामा सञ्चालित आँखा शिविरबाट छ सयजना लाभान्वित