वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर २२, २०८२
|
|
३९ पटक हेरिएको
Shares
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

सारांश

  • वीरगञ्ज महानगरपालिकाले रेल्वे सडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ।
  • यसबाट वीरगञ्जमा लामो समयदेखि रहेको थोक बजारको अभाव परिपूर्ति हुने विश्वास लिइएको छ।
  • वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले यो बजार छपकैयाँवासीकै नाममा बनाइएको र यसलाई व्यवस्थित राख्न स्थानीयको भूमिका महत्त्वपूर्ण रहेको बताए।

२२ मंसिर, पर्सा ।

वीरगञ्ज महानगरपालिकाले रेल्वे सडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ। यसबाट वीरगञ्जमा लामो समयदेखि रहेको थोक बजारको अभाव परिपूर्ति हुने विश्वास लिइएको छ। वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले यो बजार छपकैयाँवासीकै नाममा बनाइएको र यसलाई व्यवस्थित राख्न स्थानीयको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले डेढ वर्षअघि नै सञ्चालनमा ल्याउन खोजे पनि विविध कारणले ढिलो भएको जानकारी दिए। प्रमुख सिंहले बीपी उद्यानमा रहेको अव्यवस्थित बजारका व्यवसायीका कारण पनि छपकैयाँको बजार सञ्चालनमा आउन केही समय लागेको स्पष्ट पारे। उनले अब बीपी उद्यानमा रहेको अव्यवस्थित बजारलाई हटाउने अभियान थालनी गरिने र त्यहाँका व्यवसायीलाई यहाँ स्थानान्तरण गर्नका लागि विकल्प दिइएको बताए।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बजार सञ्चालनले किसान र उपभोक्ता दुवै लाभान्वित हुने बताए। उनले अब व्यवस्थित ठाउँमा खरिद-बिक्री गर्न र सवारी सञ्चालन पनि सरल हुने उल्लेख गरे। महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार पहिलो चरणमा ७० लाख रुपियाँको लागतमा निर्माण गरिएका १४ युनिटमा २८ वटा सटर सञ्चालनमा आएका छन्। बजार परिसरमा बिजुली, पानी, शौचालय, ढल निकास र सुरक्षा व्यवस्थासहित सबै आधारभूत सुविधा उपलब्ध छन्।

महानगरले आगामी दिनमा दोस्रो चरणमा थप ७० लाख रुपियाँ लगानी गर्दै युनिट सङ्ख्या र भौतिक संरचना विस्तार गर्ने योजना रहेको जनाएको छ। खुद्रा र थोक कारोबारलाई अलग-अलग संरचनाबाट सञ्चालन गरिने भएकाले व्यवसायीलाई दीर्घकालीन योजनासहित कारोबार गर्न सहज हुने महानगरको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक
ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक
सुझबुझका साथ देश चलाउन कांग्रेस तयार छ : गगन थापा
सुझबुझका साथ देश चलाउन कांग्रेस तयार छ : गगन थापा
प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग
प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग
डलर बलियो हुँदा रेमिट्यान्समा रेकर्ड, चैतमै भित्रियो २ खर्ब ९ अर्ब
डलर बलियो हुँदा रेमिट्यान्समा रेकर्ड, चैतमै भित्रियो २ खर्ब ९ अर्ब
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयले जारी गर्‍यो तीन बुँदे निर्देशन
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयले जारी गर्‍यो तीन बुँदे निर्देशन
देशको आर्थिक रुपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ – प्रधानमन्त्रीको दाबी
देशको आर्थिक रुपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ – प्रधानमन्त्रीको दाबी
क्यान्सर अस्पतालमा बिरामीकाे मृत्यु भएपछि दुई नर्स निलम्बित
क्यान्सर अस्पतालमा बिरामीकाे मृत्यु भएपछि दुई नर्स निलम्बित
सरकार र बालेनको लडाईँ : काठमाडौं टावर नै भत्काउने महानगरपालिकाको तयारी
सरकार र बालेनको लडाईँ : काठमाडौं टावर नै भत्काउने महानगरपालिकाको तयारी
दश गुमाइसक्यौ अब गुमाउन चाहन्नौं हामी असुरक्षित छौं सरकार!
दश गुमाइसक्यौ अब गुमाउन चाहन्नौं हामी असुरक्षित छौं सरकार!
भूमि समस्या समाधान आयोग र सबै जिल्लाका समिति खारेज
भूमि समस्या समाधान आयोग र सबै जिल्लाका समिति खारेज