विद्युत प्राधिकरणले ३५ उद्योगबाट असुल्यो २३ करोड ८७ लाख रुपैंयाँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २७, २०८२
|
|
३४ पटक हेरिएको
Shares
विद्युत प्राधिकरणले ३५ उद्योगबाट असुल्यो २३ करोड ८७ लाख रुपैंयाँ

सारांश

  • विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट विद्युत उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् ।
  • यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका छन् ।
  • यसरी, नेपाल विद्युत प्राधिकरणले ३५उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरेको छ ।

२७ कात्तिक, काठमाडौं ।

विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट विद्युत उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका छन् । यसरी, नेपाल विद्युत प्राधिकरणले ३५उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरेको छ । ३५ उद्योगको कुल बक्यौता ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ थियो । अब ५ अर्ब ७० करोड ६८ लाख रुपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको छ ।

यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले राज्यप्रतिको दायित्व सम्झिएर उद्योगीहरुबाट बक्यौता रकम तिर्न थालेकोमा धन्यवाद दिए । मन्त्री घिसिङले उद्योगीहरुबाट बक्यौताको किस्ता तिर्न थालेपछि त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरे । उनले भने,‘उद्योगहरुलाई विद्युत नियमन आयोग, अदालतलगायतका निकायमा जाने बाटो खुल्लै छ, किस्ताबन्दी तिर्न थालेपछि त्यसलाई पालना गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौ, उद्योगीहरुका जायज मागलाई सम्बोधन गर्न सँधै तयार नै छौं ।’ प्राधिकरणले बक्यौता रकम तिर्न २१ दिनको समय दिएर असोजमा सार्वजनिक सूचना जारी गरेको थियो । त्यस अवधिमा पनि बक्यौता तिर्न नआएपछि ४ र ७ कात्तिक गरी दुई चरणमा लाइन काटिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापा-५ ले दिँदैछ प्रधानमन्त्रीय प्रणालीको झल्को
झापा-५ ले दिँदैछ प्रधानमन्त्रीय प्रणालीको झल्को
तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दै
तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दै
बितेका छ महिनामा धनुषामा सडक दुर्घटनामा २६ जनाको मृत्यु
बितेका छ महिनामा धनुषामा सडक दुर्घटनामा २६ जनाको मृत्यु
मेरो हातबाट गलत काम भएको दिनदेखि राजनीतिमा देखापर्दिनँः गृहमन्त्री लेखक
मेरो हातबाट गलत काम भएको दिनदेखि राजनीतिमा देखापर्दिनँः गृहमन्त्री लेखक
भ्रामक सूचनामा विश्वास नगर्न सेनाको आग्रह
भ्रामक सूचनामा विश्वास नगर्न सेनाको आग्रह
इटहरीले उपमहानगरले सुरु गर्‍यो नि:शुल्क शव वाहन र एम्बुलेन्स सेवा
इटहरीले उपमहानगरले सुरु गर्‍यो नि:शुल्क शव वाहन र एम्बुलेन्स सेवा
टेरामक्स प्रकरणको मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका बस्नेत तामझामसहित सिन्धुपाल्चोकमा
टेरामक्स प्रकरणको मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका बस्नेत तामझामसहित सिन्धुपाल्चोकमा
प्रतिनिधि सभा बैठक आज पनि, यस्तो छ कार्यसूची
प्रतिनिधि सभा बैठक आज पनि, यस्तो छ कार्यसूची
एक महिनाभित्र विद्युत विद्येयक पास हुन्छः उर्जामन्त्री खड्का
एक महिनाभित्र विद्युत विद्येयक पास हुन्छः उर्जामन्त्री खड्का
अधिक तरलता कायमै, आज फेरि ४२ दिनका लागि ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
अधिक तरलता कायमै, आज फेरि ४२ दिनका लागि ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक