तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ८, २०८२
|
|
३८ पटक हेरिएको
Shares
तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दै

सारांश

  • नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
  • बजारमा तरलता बढी भएकाले सो रकम संकलन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।
  • राष्ट्र बैंकले निक्षेप संकलनका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। बजारमा तरलता बढी भएकाले सो रकम संकलन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले निक्षेप संकलनका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ। उक्त निक्षेप २१ दिनका लागि हुनेछ। बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ तोकिएको छ भने बढीमा पाँच करोडले भाग गर्दा आउने निःशेष रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था छ।

सावाँ तथा ब्याज भुक्तानी यही भदौ २९ गते हुने जनाइएको छ। ब्याजदर समेत बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ। राष्ट्र बैंकका अनुसार यस निक्षेप संकलन उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। बहु ब्याजदरमा बहुबोलकबोल गर्ने व्यवस्था समेत गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं–१ नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाको चुनावी खर्च सवा २३ लाख
काठमाडौं–१ नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाको चुनावी खर्च सवा २३ लाख
बालेनले आयोगमा बुझाए १४ लाख १७ हजार चुनावी खर्चको विवरण
बालेनले आयोगमा बुझाए १४ लाख १७ हजार चुनावी खर्चको विवरण
‘सगरमाथा संवाद अन्तरराष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्ण’
‘सगरमाथा संवाद अन्तरराष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्ण’
जनमत पार्टीका सचिवसहित ७ जना निलम्बनमा
जनमत पार्टीका सचिवसहित ७ जना निलम्बनमा
नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा, शुक्रबार उद्घाटन
नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा, शुक्रबार उद्घाटन
काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण उच्च
काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण उच्च
म्याजिक दुर्घटनामा ८ जना घाइते
म्याजिक दुर्घटनामा ८ जना घाइते
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
आजको लागि विदेशी मुद्राको विनिमयदर
आजको लागि विदेशी मुद्राको विनिमयदर
यू–१९ एसिया कप: श्रीलंकाले दियो नेपाललाई २३४ रनको लक्ष्य, सन्तोषको नाममा चार विकेट