इटहरीले उपमहानगरले सुरु गर्‍यो नि:शुल्क शव वाहन र एम्बुलेन्स सेवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २५, २०८०
|
|
३४ पटक हेरिएको
Shares
इटहरीले उपमहानगरले सुरु गर्‍यो नि:शुल्क शव वाहन र एम्बुलेन्स सेवा

सारांश

  •   इटहरी उपमहानगरपालिकाले निशुल्क रुपमा शव वाहन र एम्बुलेन्स सेवा सुरु गरेको छ ।
  • इटहरी नगरक्षेत्र भित्रका जनताका लागि नि:शुल्क शव वाहन र एम्बुलेन्स सेवा सुरु गरेको हो ।
  • नगर प्रमुख हेमकर्ण पौडेलले सोमबारदेखि नै लागु हुने गरि नि:शुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको जनाए ।

२५ भदौं, विराटनगर ।  इटहरी उपमहानगरपालिकाले निशुल्क रुपमा शव वाहन र एम्बुलेन्स सेवा सुरु गरेको छ । इटहरी नगरक्षेत्र भित्रका जनताका लागि नि:शुल्क शव वाहन र एम्बुलेन्स सेवा सुरु गरेको हो ।

नगर प्रमुख हेमकर्ण पौडेलले सोमबारदेखि नै लागु हुने गरि नि:शुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको जनाए । इटहरी उप महानगरपालिकाले आफ्नो जनताको लागि घरदेखि घाटसम्म शव वाहन र घरदेखि इटहरी अस्पतालसम्म एम्बुलेन्स सञ्चालनमा ल्याएको उनले बताए । नगर अस्पतालमा बिरामीको चाप बढ्दै गएका कारण एम्बुलेन्स सुरु गरिएको उनले बताए । नगर अस्पतालमा बिशेषज्ञ डाक्टरले सेवा दिनथालेपछि विरामीको चाप बढेको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?