लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्रीले लिए शपथ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक ८, २०८१
|
|
३५ पटक हेरिएको
Shares
लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्रीले लिए शपथ

सारांश

  • लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीको आज प्रदेश प्रमुख समक्ष शपथ गराइएको छ।
  • मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका तीन मन्त्रीलाई आज प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले शपथ गराएका हुन्।
  • बर्दियाका जन्मजय तिमिल्सीना सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवार वन तथा वातावरणमन्त्री र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ लिएका छन्।

८ कार्तिक, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीको आज प्रदेश प्रमुख समक्ष शपथ गराइएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका तीन मन्त्रीलाई आज प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले शपथ गराएका हुन्।

बर्दियाका जन्मजय तिमिल्सीना सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवार वन तथा वातावरणमन्त्री र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ लिएका छन्। नवनियुक्त मन्त्री तिमिल्सीना र कलवार नेपाली कांग्रेस तथा अग्रवाल जनता समाजवादी पार्टीबाट प्रदेशसभा छन्।

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित नेकपा (एमाले)का पाँच, कांग्रेसका पाँच र जसपाका एक गरी मन्त्रीको सङ्ख्या ११ पुगेको छ। मुख्यमन्त्री आचार्यले बुधबार प्रदेश मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए। सोही आधारमा नव नियुक्त मन्त्रीको शपथ गरिएको हो।

कांग्रेस र एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा लुम्बिनीमा सरकार बनेको थियो। शपथ कार्यक्रममा मुख्यमन्त्री आचार्य, सत्ता साझेदार दल कांग्रेसका दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रतिपक्ष दलका नेकपा (माओवादी केन्द्र)का दलका नेता तथा पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चौरासी कोष परिक्रमा यात्रा टोली जनकपुरधाम आउँदै
चौरासी कोष परिक्रमा यात्रा टोली जनकपुरधाम आउँदै
राष्ट्रपति निवास शीतलनिवासमा पनि आगजनी
राष्ट्रपति निवास शीतलनिवासमा पनि आगजनी
जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आगलागी, सात घर जलेर नष्ट
वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आगलागी, सात घर जलेर नष्ट
बमको धम्की आएपछि एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण
नेप्से डेढ सय बढी अंकले घटेपछि सरकारले बनायो कार्यदल, ५ दिनमा प्रतिवेदन बनाउनुपर्ने
नेप्से डेढ सय बढी अंकले घटेपछि सरकारले बनायो कार्यदल, ५ दिनमा प्रतिवेदन बनाउनुपर्ने
नेपाल प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा छ : गृहमन्त्री
नेपाल प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा छ : गृहमन्त्री
समस्याग्रस्त सहकारीका ३०४ जना बचतकर्ताको रकम फिर्ता
समस्याग्रस्त सहकारीका ३०४ जना बचतकर्ताको रकम फिर्ता
सुदूरपश्चिमः मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग
सुदूरपश्चिमः मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग
भारतीय गाडीमा झण्डै २ करोड नक्कली नोट
भारतीय गाडीमा झण्डै २ करोड नक्कली नोट