कप्तानगञ्ज घटनाकाे विराेधमा सर्लाहीमा पनि विरोध प्रदर्शन
सारांश
- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएकाे घटनाकाे विराेधमा सर्लाहीको सदरमुकाम मलङ्वामा पनि प्रदर्शन गरिएको छ ।
- आइतबार कप्तानगञ्जमा दुई समूहबीच विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएकाे गाेली लागेर एक जनाकाे मृत्यु भएकाे थियाे भने दर्जनौं घाइते भएका थिए ।
- घटनाकाे विराेधमा साेमबार अपराह्न ६ बजे मलङ्वाको नगरपालिका चौक देखि जिल्ला विकास समिति (जिविस चौक) सम्म शान्तिपुर्ण रूपमा प्रदर्शन भएको हो ।
११ साउन, सर्लाही ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएकाे घटनाकाे विराेधमा सर्लाहीको सदरमुकाम मलङ्वामा पनि प्रदर्शन गरिएको छ । आइतबार कप्तानगञ्जमा दुई समूहबीच विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएकाे गाेली लागेर एक जनाकाे मृत्यु भएकाे थियाे भने दर्जनौं घाइते भएका थिए ।

घटनाकाे विराेधमा साेमबार अपराह्न ६ बजे मलङ्वाको नगरपालिका चौक देखि जिल्ला विकास समिति (जिविस चौक) सम्म शान्तिपुर्ण रूपमा प्रदर्शन भएको हो । प्रदर्शनकारीले घटनामा संलग्नलाई कारबाहीकाे माग गर्दै विभिन्न नाराबाजी गरेका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया