Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
१११ पटक हेरिएको
Shares
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

सारांश

  • आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ ।
  • छलफल बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा हुनेछ ।
  • निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरुलाई छलफलमा बोलाइएको छ ।

३० असोज, काठमाडौं ।

आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ । छलफल बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा हुनेछ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरुलाई छलफलमा बोलाइएको छ । २९ राजनीतिक दललाई पत्र लेखेर प्रमुख वा प्रतिनिधि पठाइदिन भनिएको छ । ‘निर्वाचन आयोगमा दर्ता भएका र कुनै पनि वडास्तरमा एक जना मात्र जनप्रतिनिधि चुनिएको भए पनि निर्वाचन आयोगमा छलफल र राय परामर्शका लागि पत्र पठाइएको छ,’ उनले भने ।

आजको छलफलमा आयोगको निर्वाचनको तयारीका सन्दर्भमा प्रशासनिक काम र निर्वाचन तालिकाबारे जानकारी गराउने प्रवक्ता भट्टराईले बताए । उनले भने, ‘हामीले आज हाम्रो तयारीबारे जानकारी दिने र दलहरुबाट सकेसम्म धेरै सल्लाह सुझाव लिने गरी तयारी गरेका छौं ।’ गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलपछि प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय वर्तमान अन्तरिम सरकारले गरेको छ । निर्वाचनमा सहभागी हुन चाहने नयाँ दललाई कात्तिक मसान्त अगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्न आयोगले भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेकोे चुनावि खर्च ९ लाख ८९ हजार
रवि लामिछानेकोे चुनावि खर्च ९ लाख ८९ हजार
काभ्रेमा फसेका यात्रु उद्धार गर्न उड्यो सेनाको हेलिकप्टर
काभ्रेमा फसेका यात्रु उद्धार गर्न उड्यो सेनाको हेलिकप्टर
युवा नेता दिपेशले गरे सराहनीय कार्य अलपत्र शवलाई नेपाल ल्याए।
युवा नेता दिपेशले गरे सराहनीय कार्य अलपत्र शवलाई नेपाल ल्याए।
स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन, स्वास्थ्य बीमामा १५ अर्ब बजेट
स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन, स्वास्थ्य बीमामा १५ अर्ब बजेट
स्वास्थ्यमन्त्रीका कारण उपकुलपति नियुक्तिमा ढिला भयो : मुख्यमन्त्री यादव
स्वास्थ्यमन्त्रीका कारण उपकुलपति नियुक्तिमा ढिला भयो : मुख्यमन्त्री यादव
महानगरले बालबालिकाको जन्मजात मुटु तथा वाथ मुटु रोगको परीक्षण गराउने
महानगरले बालबालिकाको जन्मजात मुटु तथा वाथ मुटु रोगको परीक्षण गराउने
दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ
दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ
वरिष्ठ उपाध्यक्षसहित जनमतका ६ नेताले दिए सामूहिक राजीनामा
वरिष्ठ उपाध्यक्षसहित जनमतका ६ नेताले दिए सामूहिक राजीनामा
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
प्रहरी समायोजन चाँडै अगाडि बढाउने निर्णय
प्रहरी समायोजन चाँडै अगाडि बढाउने निर्णय