जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर ३, २०८२
|
|
३५ पटक हेरिएको
Shares
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?

सारांश

  • नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ‘आफूले युद्धमैदानमा रगत बगाउँदा बगाउँदै देशले युद्ध हारेपछि दरबारले उल्टै लान्छना लगाएको अमरसिंह थापाजस्तो अनुभूति भएको’ भन्दै भावुक स्टाटस लेखेका छन् ।
  • सोमबार साँझ उनले जीवनभरि नेपाल विद्युत् प्राधिकरण र देशको सेवा गरेको तर उल्टै लान्छित गरी जिन्दगीभरिको मिहिनेतले बनाएको घर जलाइएको भन्दै प्रश्न गरेका छन्, ‘मैले के बिराएँ ?
  • ’ ‘कस्तो हुँदो हो, जब देशका लागि रगत बगाइ, रक्षा गर्दागर्दैको बेलामा मुलुकले हार्दा, अनि दरबारले कृतघ्न भई उल्टो लान्छना लाद्दा– त्यो क्षण– जब न देश आफ्नै, न दरबार आफ्नै, न त मन नै आफ्नै, सबै हारेको क्षण ।

३ मंसिर, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ‘आफूले युद्धमैदानमा रगत बगाउँदा बगाउँदै देशले युद्ध हारेपछि दरबारले उल्टै लान्छना लगाएको अमरसिंह थापाजस्तो अनुभूति भएको’ भन्दै भावुक स्टाटस लेखेका छन् । सोमबार साँझ उनले जीवनभरि नेपाल विद्युत् प्राधिकरण र देशको सेवा गरेको तर उल्टै लान्छित गरी जिन्दगीभरिको मिहिनेतले बनाएको घर जलाइएको भन्दै प्रश्न गरेका छन्, ‘मैले के बिराएँ ?’

‘कस्तो हुँदो हो, जब देशका लागि रगत बगाइ, रक्षा गर्दागर्दैको बेलामा मुलुकले हार्दा, अनि दरबारले कृतघ्न भई उल्टो लान्छना लाद्दा– त्यो क्षण– जब न देश आफ्नै, न दरबार आफ्नै, न त मन नै आफ्नै, सबै हारेको क्षण । अमरसिंह थापाको कथा पढेको थिएँ– तर कल्पना र अनुभूति गरेको थिइनँ । अहिले मलाई ?’, उनले फेसबुकमा लेखेका छन् । आफूले जीवनभरि गरेको कमाइको घरमा आगो लगाइएको कुरालाई उनले अत्यन्तै भावुक विम्ब प्रयोग गरेर स्टाटस लेखेका छन् । कस्तो हुँदो हो जब जिन्दगीभरिको सपना सजाएर हुर्काएको सन्तानको दागबत्ती दिँदा एउटा आमालाई, कल्पना र आभास गर्नै गाह्रो, अहिले मलाई,’ उनले लेखेका छन् ।

एक नेपालीको सिर्फ मिहिनेत र रगत पसिनाले आफ्नै घर बनाउनु अति नै कठिन काम भएको उनले उल्लेख गरेका छन् । ‘अफगानिस्तानमा रगतको सट्टामा डलर, अनि क्षण–क्षणको बम र बन्दुकको डरभित्र काम गरेर कमाएको मासिक ८–१० हजार डलर बचाएर झन्डै एक वर्ष जोगाएको धनले आफूले घर बनाएको उनले उल्लेख गरेका छन् । त्यतिले पनि नपुगेर सञ्चय कोषबाट ऋण लिएर आफूले घर बनाएको र चिलिमे कम्पनीको बोनस र अलि बढी पाइने तलब बचाएर घरको ऋण तिरेको उनले लेखेका छन् ।घरको हरेक ढलान, ढोका र प्लास्टरमा आफ्नो कमाइ र श्रीमतीको खटाइ रहेको उनले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा आगलागी
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा आगलागी
दुर्गा प्रसाईं बने राजावादी आन्दोलनको कमाण्डर
दुर्गा प्रसाईं बने राजावादी आन्दोलनको कमाण्डर
कवाडी व्यवसायी र महानगर प्रहरीबीच झडप, ४ जना घाइते
कवाडी व्यवसायी र महानगर प्रहरीबीच झडप, ४ जना घाइते
विद्यालय शिक्षा विधेयकबारे मन्त्रीसँग छलफल गर्दै संसदीय समिति
विद्यालय शिक्षा विधेयकबारे मन्त्रीसँग छलफल गर्दै संसदीय समिति
आजको मौसम : पहाडी भूभागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना
आजको मौसम : पहाडी भूभागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना
गौरी कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद २० दिन थप
गौरी कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद २० दिन थप
कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- खास लडाइँ भोलिबाट सुरु हुन्छ
सुर्खेतमा एमाले मतगणनास्थलमा तोडफोड
सुर्खेतमा एमाले मतगणनास्थलमा तोडफोड
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज मटकोर
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज मटकोर