नाबालिकालाई झुक्याएर विवाह गर्ने बेहुलासहित दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष १५, २०८१
|
|
३९ पटक हेरिएको
Shares
नाबालिकालाई झुक्याएर विवाह गर्ने बेहुलासहित दुई जना पक्राउ

सारांश

  • आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाको आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो ।
  • यही पुस ८ गते बालिकासँग विवाह गर्ने रमेशलाई पुस १२ गते र कमलालाई पुस १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुभएको छ ।
  • उहाँका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध बालविवासम्बन्धी कसूर अन्तर्गतको मुद्दा चलाइएको छ ।

 

१५ पुस,  खोटाङ- जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाको आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो ।

यही पुस ८ गते बालिकासँग विवाह गर्ने रमेशलाई पुस १२ गते र कमलालाई पुस १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध बालविवासम्बन्धी कसूर अन्तर्गतको मुद्दा चलाइएको छ । बालविवाहसम्बन्धी घटना भएको जानकारी पाएपछि फरक-फरक समय तथा ठाउँबाट पक्राउ परेका उनीहरु दुवैजनालाई प्रहरी हिरासतमा राखेर घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

अभियुक्त उनीहरु दुवैजनालाई जिल्ला अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो । कक्षा-८ मा अध्ययनरत बालिकालाई युवक (बेहुला)को घरबाट उद्धार गरेर जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । पुस ८ गते युवकको घर पुर्‍याइएकी बालिकालाई पुस ९ गते किरात संस्कार अनुसार भित्र्याइएको बुझिएको प्रहरी प्रवक्ता पोखरेलले जानकारी दिनुभएको छ ।

मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ११ विवाहसम्बन्धी कसूरमा बालविवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद तथा रु ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । विवाह गर्ने व्यक्तिको उमेर २० वर्षभन्दा कम भएको खण्डमा उक्त विवाह स्वतः रद्ध हुने मुलुकी अपराधसंहिताको बालविवाहसम्बन्धी कसूरमा उल्लेख छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले मङ्सिर १४ र १५ गते जालपामा बालविवाह न्यूनीकरणसम्बन्धी क्षमता विकास तालिम सञ्चालन गरेको थियो । सोही कार्यक्रमको प्रभावस्वरुप जालपामा भएको बालविवाहसम्बन्धी सूचना प्रहरीलाई प्राप्त भएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले भने : भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु
पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले भने : भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु
रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !
रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !
महाराजगञ्जमा ‘दि हाइट रेस्ट्रो एण्ड वेलनेस’ सञ्चालनमा
महाराजगञ्जमा ‘दि हाइट रेस्ट्रो एण्ड वेलनेस’ सञ्चालनमा
सुनसरीमा चिसो बढेपछि विद्यालय बन्द
सुनसरीमा चिसो बढेपछि विद्यालय बन्द
रौतहटबाट चार महिनामा एक करोड बढीका अवैध सामान बरामद
प्रधानमन्त्रीविरुद्धको मुद्दामा असार ८ गते सुनुवाइ हुने
प्रधानमन्त्रीविरुद्धको मुद्दामा असार ८ गते सुनुवाइ हुने
सुनसरीमा गोली हान्ने र घाइते हुने दुवै ‘तस्कर’, आरोपी २ जना पक्राउ
सुनसरीमा गोली हान्ने र घाइते हुने दुवै ‘तस्कर’, आरोपी २ जना पक्राउ
फागुन महिनामा अब राष्ट्रिय सभाका तीनवटा मात्रै बैठक बस्ने
फागुन महिनामा अब राष्ट्रिय सभाका तीनवटा मात्रै बैठक बस्ने
जुवा खेल्दै गरेको आरोपमा काठमाडौं बाट ९ जना १० लाख रकम सहित पक्राउ
जुवा खेल्दै गरेको आरोपमा काठमाडौं बाट ९ जना १० लाख रकम सहित पक्राउ
माग सम्बोधन नभएकोमा जीपी कलेजका विद्यार्थी आक्रोशित
माग सम्बोधन नभएकोमा जीपी कलेजका विद्यार्थी आक्रोशित