कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- खास लडाइँ भोलिबाट सुरु हुन्छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ १८, २०८२
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ससम्मान नियन्त्रणमुक्त  गर्न माग गरेका छन् ।
  • अन्यथा भोलिबाट काठमाडौं ठप्प पार्ने उनले चेतावनी दिए ।
  • आज काठमाडौंमा प्रदर्शनको क्रममा प्रहरीले थापालाई नियन्त्णमा लिएको छ ।

१८ जेठ, काठमाडौं ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ससम्मान नियन्त्रणमुक्त  गर्न माग गरेका छन् । अन्यथा भोलिबाट काठमाडौं ठप्प पार्ने उनले चेतावनी दिए । आज काठमाडौंमा प्रदर्शनको क्रममा प्रहरीले थापालाई नियन्त्णमा लिएको छ । त्यसपछि प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘अब हामी देशभरीबाट साथीभाइहरुलाई बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरु हुन्छ ।’ उनले थपे, ‘अब हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्किन्छौं । कहाँ रोक्नुहुन्छ तपाईं ?’

कमल थापालाई फिर्ता गर्न माग गर्दै लिङ्देनले भने, ‘कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ ।’ उनले आफूहरुको बाध्यतालाई कमजोरी नठान्न चेतावनी दिए । राप्रपा, राप्रपा नेपालसहितका राजावादी दलहरुले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै यही जेठ १५ गतेदेखि निरन्तर काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले यो आन्दोलनलाई निर्णायक बनाउने बताएका छन् । आज उनीहरुले नक्शाल र बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए । निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले लाठीचार्ज गरेको थियो । कमल थापा प्रदर्शनकारीको नेतृत्व गर्दै बालुवाटारतर्फ अघि बढ्न खोजेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार थापासहित चार जनालाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोमबारदेखि बन्दीपुर केबलकार १५ दिन बन्द हुने
सोमबारदेखि बन्दीपुर केबलकार १५ दिन बन्द हुने
शेखर पक्षका सांसदले खाली पानामा हस्ताक्षर गरेनन्
शेखर पक्षका सांसदले खाली पानामा हस्ताक्षर गरेनन्
संसदीय छानबिन समिति गठनका लागि ४ बुँदे सहमति
संसदीय छानबिन समिति गठनका लागि ४ बुँदे सहमति
नेपालगन्ज घटनामा घाइते भएका २२ जनामध्ये २१ जना घर फर्किए
नेपालगन्ज घटनामा घाइते भएका २२ जनामध्ये २१ जना घर फर्किए
ओलीले भने– सम्पत्ति विवरण भर्दिनँ, खरानी उठाएर लैजा सरकार
ओलीले भने– सम्पत्ति विवरण भर्दिनँ, खरानी उठाएर लैजा सरकार
सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको छ :मन्त्री खरेल
सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको छ :मन्त्री खरेल
झापामा ठूलो परिणाममा बोधिचित्तसहित एक पक्राउ
झापामा ठूलो परिणाममा बोधिचित्तसहित एक पक्राउ
मौसम पूर्वानुमान : हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान : हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने
महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने
सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैनः नारायणकाजी श्रेष्ठ
सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैनः नारायणकाजी श्रेष्ठ