झण्डै एक घण्टापछि प्रहरी र कार्यकर्ताकाे उच्च सुरक्षासहित कार्यक्रमस्थल पुगे ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २३, २०८२
|
|
२८ पटक हेरिएको
Shares
झण्डै एक घण्टापछि प्रहरी र कार्यकर्ताकाे उच्च सुरक्षासहित कार्यक्रमस्थल पुगे ओली

सारांश

  • नेकपा (एमाले)का अध्यक्ष केपी र्शमा ओली झण्डै एक घण्टापछि प्रहरी र कार्यकर्ताको उच्च सुरक्षा निगरानीमा कार्यक्रमस्थल पुगेका छन् ।
  • भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा ओलीले विशेष सम्बोधन गर्ने जानकारी दिइएको छ ।
  • कार्यक्रम ११ बजे सुरु हुने भनिए पनि झण्डै एक घण्टा ढिला सुरु भएको छ ।

२३ असोज, काठमाडौँ ।

नेकपा (एमाले)का अध्यक्ष केपी र्शमा ओली झण्डै एक घण्टापछि प्रहरी र कार्यकर्ताको उच्च सुरक्षा निगरानीमा कार्यक्रमस्थल पुगेका छन् । भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा ओलीले विशेष सम्बोधन गर्ने जानकारी दिइएको छ । कार्यक्रम ११ बजे सुरु हुने भनिए पनि झण्डै एक घण्टा ढिला सुरु भएको छ । कार्यक्रममा नेताहरू महेश बस्नेत, राजन भट्टराई र भानुभक्त ढकालले सम्बोधन गरिसकेपछि अ‍ोली कार्यक्रमस्थलमा पत्नी राधिका शाक्यसहित पुगेका हुन् । उनी पुगेगलत्तै महासचिव शंकर पोखरेलले सम्बोधन गर्न थालेका छन् ।

कार्यक्रमस्थलमा सानो मञ्च बनाइएको छ । उक्त मञ्चमा दुईवटा आरामदायी कुसी राखिएको छ । छेउको काठको कुर्सीमा नेता बस्नेतलाई राखिएको छ । ठूला दुई कुर्सीमध्ये एउटामा महासचिव पोखरेल बसेका थिए भने अर्को अध्यक्ष ओलीका लागि खाली राखिएको थियो । अहिले ओली पत्नी शाक्य पुगेपछि भने पोखरेल काठको कुर्सीमा सरेका थिए । बस्नेत पछाडिको कुर्सीमा गएका छन् । यता, सम्बोधन गरिरहेका पोखरेलको कुर्सीमा उपमहासचिव प्रदीप ज्ञवाली बसेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा
पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा
सर्वोच्च अदालतको ३३ औं प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस
सर्वोच्च अदालतको ३३ औं प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस
म्यान्मारमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
म्यान्मारमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग
ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
प्रधानमन्त्री कार्की र बेलायती राजदूत फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री कार्की र बेलायती राजदूत फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने
प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने
मंसिरमा नियमित नभए विशेष महाधिवेशन विकल्प हो : विश्वप्रकाश शर्मा
मंसिरमा नियमित नभए विशेष महाधिवेशन विकल्प हो : विश्वप्रकाश शर्मा
घुस लिएको आरोपमा मालपोत कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
घुस लिएको आरोपमा मालपोत कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा