Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

घुस लिएको आरोपमा मालपोत कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ४, २०८३
|
|
३७० पटक हेरिएको
Shares
घुस लिएको आरोपमा मालपोत कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
  • जग्गाको नयाँ स्रेस्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग दुई लाख रुपैयाँ घूस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही समयअघि खाम्चालाई पक्राउ गरेको थियो।
  • nनायब सुब्बा खाम्चाले घूस लिएको पुष्टि भएकाले आयोगले आज बिगो बमोजिमको जरिवाना र कैद सजायको माग दाबी गर्दै मुद्दा दर्ता गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

 

४ जेठ, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

जग्गाको नयाँ स्रेस्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग दुई लाख रुपैयाँ घूस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही समयअघि खाम्चालाई पक्राउ गरेको थियो।nनायब सुब्बा खाम्चाले घूस लिएको पुष्टि भएकाले आयोगले आज बिगो बमोजिमको जरिवाना र कैद सजायको माग दाबी गर्दै मुद्दा दर्ता गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?