कश्मिर घटना : लखनउ हुँदै सुदीपको शव आजै नेपाल ल्याइने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १०, २०८२
|
|
२९ पटक हेरिएको
Shares
कश्मिर घटना : लखनउ हुँदै सुदीपको शव आजै नेपाल ल्याइने

सारांश

  • कश्मिरको पाहलगममा भएको आतंककारी हमलामा मारिएका नेपाली युवक सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ ।
  • हिजो कश्मिरमा आतंककारीहरूको आक्रमणमा परेर सुदीपको ज्यान गएको थियो ।
  • उनको साथमा रहेका आफन्तहरू रिमकला पाण्डे, युवराज काफ्ले, सुषमा न्यौपाने र अर्का एक नेपाली हरिप्रसाद सापकोटालाई पनि आजै नेपाल ल्याउन लागिएको हो ।

१० वैशाख, काठमाडौं ।

कश्मिरको पाहलगममा भएको आतंककारी हमलामा मारिएका नेपाली युवक सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ । हिजो कश्मिरमा आतंककारीहरूको आक्रमणमा परेर सुदीपको ज्यान गएको थियो । उनको साथमा रहेका आफन्तहरू रिमकला पाण्डे, युवराज काफ्ले, सुषमा न्यौपाने र अर्का एक नेपाली हरिप्रसाद सापकोटालाई पनि आजै नेपाल ल्याउन लागिएको हो ।

आक्रमणमा परेर रिमकला घाइते छिन् । परराष्ट्रमन्त्री डा राणाले नयाँ दिल्लीस्थित नेपाली राजदूत डा. शंकर शर्मासँग शव ल्याउने विषयमा समन्वय गरेकी थिइन् । आजै साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्ली र राति ९ः३० बजे नयाँ दिल्लीबाट लखनउ हवाई जहाजमा ल्याइने मन्त्री राणाको सचिवालयले बताएको छ । त्यस्तै, लखउनबाट नेपालको बोर्डरसम्म एम्बुलेन्समा ल्याउने व्यवस्था गरिएको हो ।

दिल्लीबाट लखनउको उडानका लागि उनीहरुलाई सहजीकरण गर्न दिल्ली विमानस्थलमा नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट दुई जना कर्मचारी खटाइएको छ । त्यसैगरी सुनौली बोर्डरबाट बुटवल घरसम्म नै उनीहरूलाई पुर्‍याउने व्यवस्थाका लागि पनि मन्त्री डा राणाले गृहमन्त्री रमेश लेखकसँग कुराकानी गरेका छन् । घटनास्थलमा रहेका सुदीपका आफन्तहरुले त्यहाँ बस्न सक्ने अवस्था नरहेकाले आजै फर्किने वातावरण मिलाउन मन्त्रालयसँग समन्वय गरेको थियो । सुदीप वुटवल–११, कालिकानगर रुपन्देही निवासी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ  नेपाल बनाउन नयाँ कांग्रेस जरुरी छ: कांग्रेस नेता दीपक गिरी
नयाँ  नेपाल बनाउन नयाँ कांग्रेस जरुरी छ: कांग्रेस नेता दीपक गिरी
आज यी ३० जिल्लामा आकस्मिक बाढी र जोखिमको सम्भावना
आज यी ३० जिल्लामा आकस्मिक बाढी र जोखिमको सम्भावना
नयाँ पार्टीहरुको कुनै सिद्धान्त स्पष्ट छैन, तर प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो : लिङ्देन
नयाँ पार्टीहरुको कुनै सिद्धान्त स्पष्ट छैन, तर प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो : लिङ्देन
ट्राफिक प्रहरीको कमाउखाउ केन्द्र बिन्दु बन्दै बारा
ट्राफिक प्रहरीको कमाउखाउ केन्द्र बिन्दु बन्दै बारा
प्रधानमन्त्री बन्नेलाई कान समाएर उठबस गराउने वाचा खुवाउनुपर्छ : वामदेव
प्रधानमन्त्री बन्नेलाई कान समाएर उठबस गराउने वाचा खुवाउनुपर्छ : वामदेव
पाल्पामा ५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
पाल्पामा ५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
नेपाल क्रिकेट संघले शीर्ष ग्रेडका ६ जना खेलाडीहरुलाई मासिक एक लाख तलब , सेन्ट्रल कन्ट्र्याक्टमा ३० क्रिकेटर
नेपाल क्रिकेट संघले शीर्ष ग्रेडका ६ जना खेलाडीहरुलाई मासिक एक लाख तलब , सेन्ट्रल कन्ट्र्याक्टमा ३० क्रिकेटर
पत्रकार सम्मेलनमै बेहोस भइन् भारती
पत्रकार सम्मेलनमै बेहोस भइन् भारती
शिक्षा ऐनका लागि आन्दोलन थप सशक्त हुन्छ, सरकारलाई घुँडा टेकाउँछौं : कुमार बजगाईँ
शिक्षा ऐनका लागि आन्दोलन थप सशक्त हुन्छ, सरकारलाई घुँडा टेकाउँछौं : कुमार बजगाईँ
प्रचण्डले भने- संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ , दाहाल प्रचण्ड
प्रचण्डले भने- संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ , दाहाल प्रचण्ड