अन्तर्राष्ट्रिय पर्वत दिवस : विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २५, २०८२
|
|
३८ पटक हेरिएको
Shares
अन्तर्राष्ट्रिय पर्वत दिवस : विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदै

सारांश

  • आज विश्वभर अन्तर्राष्ट्रिय पर्वत दिवस विभिन्न कार्यक्रमहरु गरि मनाइँदै छ ।
  • बिहीबार ‘हमाल र त्यसभन्दा बाहिर पानी, खाना र जीविकोपार्जनको लागि हिमनदीहरू महत्त्वपूर्ण छन्’ भन्ने नाराका साथ २०२५ को अन्तर्राष्ट्रिय पर्वत दिवस मनाउन लागिएको हो ।
  • यो नाराले हिमनदीहरूको महत्वलाई विशेष रूपमा उजागर गर्छ ।

२५ मंसिर,  काठमाडौं ।

आज विश्वभर अन्तर्राष्ट्रिय पर्वत दिवस विभिन्न कार्यक्रमहरु गरि मनाइँदै छ । बिहीबार ‘हमाल र त्यसभन्दा बाहिर पानी, खाना र जीविकोपार्जनको लागि हिमनदीहरू महत्त्वपूर्ण छन्’ भन्ने नाराका साथ २०२५ को अन्तर्राष्ट्रिय पर्वत दिवस मनाउन लागिएको हो । यो नाराले हिमनदीहरूको महत्वलाई विशेष रूपमा उजागर गर्छ ।

हिमनदी पग्लँदा पहाडदेखि तराईसम्म पानीको आपूर्ति प्रभावित हुन्छ, कृषि उत्पादनमा गिरावट आउन सक्छ, र पहाडी समुदायको दैनिकी जोखिममा पर्न सक्छन् । त्यसैले हिमनदी संरक्षण केवल पहाडका लागि मात्र होइन, समग्र जीवन, प्रकृति र भविष्यका पुस्ताका लागि अत्यावश्यक छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००३ देखि हरेक वर्ष ११ डिसेम्बरमा राष्ट्रसंघका अधिकांश सदस्य देशमा यो दिवस मनाइने गरेको हो । रोमस्थित राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन (एफएओ)को प्रधान कार्यालयमा आज पर्वतीय जीवन, हिमनदी तथा पर्यावरणसम्बन्धी प्रवचन, प्रदर्शनीलगायत विविध कार्यक्रम आयोजना हुँदैछ ।

राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् । पछिल्ला वर्षहरूमा पर्वतीय वातावरण तीव्र जोखिममा परेकाले पानी स्रोत जोखिममा परेका छन् । द्रुत गतिमा हिमनदी पग्लिएका छन् । विश्व तापक्रम बढ्ने क्रम जारी रहे अरु हिमनदी हराउने छन् । यो दिवसले यस्ता जोखिम र चुनौतीबारे विश्व समुदायलाई सतर्क गराउँदै पहाड–पर्वत संरक्षण, दिगो विकास तथा सुरक्षित भविष्यका लागि सहकार्यमा जोड दिएको छ ।
नेपालका लागि यस दिवसको महत्त्व अझ गहिरो छ । संसारका १४ वटा ८,००० मिटरभन्दा माथिका हिमालमध्ये आठवटा यही अवस्थित छन् । यी हिमालहरू केवल भौगोलिक पहिचान मात्र होइनन्, नेपालको संस्कृति, आध्यात्मिकता, पहिचान र अर्थतन्त्रको केन्द्र हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेल उद्योगीहरूको भेलालाई सम्बोधन गर्न विराटनगर आउँदै
राष्ट्रपति पौडेल उद्योगीहरूको भेलालाई सम्बोधन गर्न विराटनगर आउँदै
अर्थमन्त्रीलाई सांसद केसीको आग्रह– विकास कोषका नाममा हामीलाई बदनाम नगर्नुहोला
अर्थमन्त्रीलाई सांसद केसीको आग्रह– विकास कोषका नाममा हामीलाई बदनाम नगर्नुहोला
काभ्रेमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
काभ्रेमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
वीरगञ्ज सुक्खाबन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई
वीरगञ्ज सुक्खाबन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई
भिरबाट लडेका वृद्धको डढेलोमा परेर मृत्यु
भिरबाट लडेका वृद्धको डढेलोमा परेर मृत्यु
१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, ११ वर्षभित्र फिर्ता गरिसक्ने
१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, ११ वर्षभित्र फिर्ता गरिसक्ने
पहिरोमा परी बेपत्ता एक बालककाे शव फेला, मृत्यु हुनेकाे संख्या ९ पुग्याे
पहिरोमा परी बेपत्ता एक बालककाे शव फेला, मृत्यु हुनेकाे संख्या ९ पुग्याे
प्राधिकरणले काट्यो ३४ उद्योगको लाइन
प्राधिकरणले काट्यो ३४ उद्योगको लाइन
बालेन र सुदनविरुद्ध सिरहा प्रहरीमा पनि जाहेरी
बालेन र सुदनविरुद्ध सिरहा प्रहरीमा पनि जाहेरी