सिँचाइ विभागका महानिर्देशक रजौरियाद्वारा प्रधानमन्त्री कार्यालय गएको स्वीकार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर ९, २०८३
|
|
४१ पटक हेरिएको
Shares
सिँचाइ विभागका महानिर्देशक रजौरियाद्वारा प्रधानमन्त्री कार्यालय गएको स्वीकार

सारांश

  • जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले मरिन डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने विषयमा छलफल गर्न आफू प्रधानमन्त्री कार्यालय गएको स्वीकार गरेका छन्।
  • तर,उनले प्रधानमन्त्री कार्यालयबाट कुनै हस्तक्षेप भएको अनुभूति नगरेको बताएका छन्।
  • सार्वजनिक लेखा समितिको बैठकमा सांसद खुस्बु ओलीले आयोजना रद्द गर्ने विषयमा छलफल गर्न महानिर्देशक प्रधानमन्त्री कार्यालय गएको भन्ने समाचार सार्वजनिक भएको भन्दै यसबारे प्रश्न गरेकी थिइन्।

८ मंसिर, काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले मरिन डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने विषयमा छलफल गर्न आफू प्रधानमन्त्री कार्यालय गएको स्वीकार गरेका छन्। तर,उनले प्रधानमन्त्री कार्यालयबाट कुनै हस्तक्षेप भएको अनुभूति नगरेको बताएका छन्।

सार्वजनिक लेखा समितिको बैठकमा सांसद खुस्बु ओलीले आयोजना रद्द गर्ने विषयमा छलफल गर्न महानिर्देशक प्रधानमन्त्री कार्यालय गएको भन्ने समाचार सार्वजनिक भएको भन्दै यसबारे प्रश्न गरेकी थिइन्। ‘तपाईं नै गएको हो कि होइन ? जवाफ चाहन्छु,’ ओलीले सोधेकी थिइन्।

जवाफमा महानिर्देशक रजौरियाले आफू प्रधानमन्त्री कार्यालय गएको पुष्टि गर्दै भने, ‘प्रधानमन्त्री कार्यालय गएको हुँ। तर कुनै हस्तक्षेप अनुभूति गरेको होइन।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?