ज्येष्ठ नागरिकलाई नि:शुल्क थेरापी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ ६, २०८२
|
|
३२ पटक हेरिएको
Shares
ज्येष्ठ नागरिकलाई नि:शुल्क थेरापी

सारांश

  • ललितपुर महानगरपालिकाले ‘ज्येष्ठ नागरिकसँग महानगर’ कार्यक्रमलाई विस्तार गरी नि:शुल्क थेरापीको सेवा दिने भएको छ ।
  • महानगरभित्रका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको लागि सञ्चालित यो कार्यक्रमलाई विस्तार गरी थेरापी सेवासमेत दिन लागिएको महानगरले शुक्रबार आयोजित नगरसभामा पेस गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
  • ​ नगरसभामा नीति तथा कार्यक्रम पेस गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले महानगरमा स्थायी रूपमा बसोबास गर्ने ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई निमोनिया रोगविरुद्धको खोप दिने व्यवस्थालाई पनि निरन्तरता दिने बताए ।

६ असार, ललितपुर ।

ललितपुर महानगरपालिकाले ‘ज्येष्ठ नागरिकसँग महानगर’ कार्यक्रमलाई विस्तार गरी नि:शुल्क थेरापीको सेवा दिने भएको छ । महानगरभित्रका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको लागि सञ्चालित यो कार्यक्रमलाई विस्तार गरी थेरापी सेवासमेत दिन लागिएको महानगरले शुक्रबार आयोजित नगरसभामा पेस गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरसभामा नीति तथा कार्यक्रम पेस गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले महानगरमा स्थायी रूपमा बसोबास गर्ने ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई निमोनिया रोगविरुद्धको खोप दिने व्यवस्थालाई पनि निरन्तरता दिने बताए । यसैगरी नगरभित्रका नागरिकलाई गुणस्तरीय र पहुँच योग्य स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य नीति लागू गर्ने प्रमुखले बताए ।

फागुन महिना नसर्ने रोग परीक्षण महिना ललितपुर महानगरले फागुन महिनालाई नसर्ने रोग परीक्षण महिनाको रुपमा व्याख्या गर्दै अभियान सञ्चालन गर्ने भएको छ ।  शुक्रबार आयोजित सातौं नगरसभामा पेस गरिएको नीति तथा कार्यक्रममा मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, क्यान्सर, मोटोपनजस्ता नसर्ने रोग न्यूनीकरणका लागि ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नाराका साथ यो अभियान संचालन गर्ने नीतिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन
मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन
मधेशमा योजना खरिद बिक्रीको छानबिन गर्न विशेष समिति गठन
मधेशमा योजना खरिद बिक्रीको छानबिन गर्न विशेष समिति गठन
दक्षिण कोरियाली टोली विराटनगरमा, मेयर कोइराला लगायतसँग भेटघाट
दक्षिण कोरियाली टोली विराटनगरमा, मेयर कोइराला लगायतसँग भेटघाट
मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द हुने
मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द हुने
कुशल र आरिफको अर्धशतकमा लुम्बिनीलाई पुलिसले दियो २५० रनको लक्ष्य
वीरगञ्जमा सद्भाव भड्किन नदिन निषेधाज्ञा
वीरगञ्जमा सद्भाव भड्किन नदिन निषेधाज्ञा
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प
नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाइयो : प्रचण्ड
नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाइयो : प्रचण्ड
शुक्रबारदेखि काभा महिला च्याम्पियनसिप सुरु हुँदै, उपाधिका लागि ८ राष्ट्र प्रतिस्पर्धामा
शुक्रबारदेखि काभा महिला च्याम्पियनसिप सुरु हुँदै, उपाधिका लागि ८ राष्ट्र प्रतिस्पर्धामा
अदालतले मेरो नियुक्ति असंवैधानिक भने म तत्काल राजिनामा दिन्छु : मुख्यमन्त्री यादव
अदालतले मेरो नियुक्ति असंवैधानिक भने म तत्काल राजिनामा दिन्छु : मुख्यमन्त्री यादव