यूएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १९, २०८२
|
|
२९ पटक हेरिएको
Shares
यूएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

सारांश

  • आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
  • दुबईस्थित आईसीसी एकेडेमीमा केहीबेरमा सुरु हुने खेलमा यूएईका कप्तान अलिशान सराफुले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।
  • नेपालले टोलीमा एक परिवर्तन गरेको छ ।

१९ कात्तिक, काठमाडौं ।

आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा केहीबेरमा सुरु हुने खेलमा यूएईका कप्तान अलिशान सराफुले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । नेपालले टोलीमा एक परिवर्तन गरेको छ । गुल्शन झाको स्थानमा कुशल मल्लले मौका पाएका छन् ।

जारी शृंखलामा लगातार तीन हार बेहोरेको नेपाल आज जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो । लिग २ को तालिकामा हाल अमेरिका २४ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ । यूएई ८ अंक जोडेर पुछारमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौरीबहादुर आयोगको प्रतिबेदन बुझ्दै प्रधानमन्त्रीले भनिन् : निचोड मात्रै भए पनि सार्वजनिक गर्छौं
गौरीबहादुर आयोगको प्रतिबेदन बुझ्दै प्रधानमन्त्रीले भनिन् : निचोड मात्रै भए पनि सार्वजनिक गर्छौं
युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण, निशानामा कुन कुन परे ?
युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण, निशानामा कुन कुन परे ?
नागार्जुनमा जेसीबीको ठक्करबाट बालिकाको मृत्यु
नागार्जुनमा जेसीबीको ठक्करबाट बालिकाको मृत्यु
हेटौंडा बालसुधार केन्द्रबाट ५८ बालबन्दी फरार
हेटौंडा बालसुधार केन्द्रबाट ५८ बालबन्दी फरार
मेडिकल शिक्षाको २ हजार ३० सिट निर्धारण, कुन कलेजले कति पाए कोटा?
मेडिकल शिक्षाको २ हजार ३० सिट निर्धारण, कुन कलेजले कति पाए कोटा?
प्रधानमन्त्री बालेनले संसद्‌मा लगे दुई विधेयक
प्रधानमन्त्री बालेनले संसद्‌मा लगे दुई विधेयक
एमाले महाधिवेशन अन्तिम चरणमा, उद्घाटन स्थल ‘नमूना’ बनाइएको दाबी
एमाले महाधिवेशन अन्तिम चरणमा, उद्घाटन स्थल ‘नमूना’ बनाइएको दाबी
अन्तरराष्ट्रिय यातायात सम्मेलन चैत २९ देखि
अन्तरराष्ट्रिय यातायात सम्मेलन चैत २९ देखि
पौडी टोली शुक्रबार भारत जाँदै
पौडी टोली शुक्रबार भारत जाँदै
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषय गैरजिम्मेवार छ : कांग्रेस
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषय गैरजिम्मेवार छ : कांग्रेस