सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन : प्रधानमन्त्री कार्की

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८२
|
|
६५ पटक हेरिएको
Shares
सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन : प्रधानमन्त्री कार्की

सारांश

  •     प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य नहुने बताएकी छन् ।
  • उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट कसैलाई नभएको बताएकी हुन् ।
  • उनले लेखेकी छन,‘म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन ।

४ मंसिर, काठमाडौं ।   

प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य नहुने बताएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट कसैलाई नभएको बताएकी हुन् । उनले लेखेकी छन,‘म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन । युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ ।

अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो । तर यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट होइन ।’ प्रधानमन्त्री कार्कीले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशन समेत दिएकी छन् ।

उनले लोकतान्त्रिक प्रणालीको माध्यमबाट मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिने पनि बताइन् । ‘लोकतान्त्रिक प्रणालीको माध्यमबाट मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिन्छ । त्यसैले म सबै पक्षलाई अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न हार्दिक अपिल गर्दछु,’उनले लेखेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
संकटग्रस्त क्षेत्रको खानेपानी समस्या समाधान गर्न बजेट प्रबन्ध गर्न समितिको निर्देशन
संकटग्रस्त क्षेत्रको खानेपानी समस्या समाधान गर्न बजेट प्रबन्ध गर्न समितिको निर्देशन
इटहरी उपमहानगरपालिकाका कर्मचारीहरुले गरे आन्दोलन, प्रशासन शाखामा ताला बन्दी
इटहरी उपमहानगरपालिकाका कर्मचारीहरुले गरे आन्दोलन, प्रशासन शाखामा ताला बन्दी
उपचारमा लापरबाही गर्ने जनकपुरको मुस्कान अस्पतालमा ताल्चा
उपचारमा लापरबाही गर्ने जनकपुरको मुस्कान अस्पतालमा ताल्चा
गत वर्ष प्रदेशभर झण्डै २७ हजार किलो गाँजा बरामद
गत वर्ष प्रदेशभर झण्डै २७ हजार किलो गाँजा बरामद
घरजग्गा कारोबारः गत पुसमा ४ अर्ब २५ करोड राजश्व संकलन
घरजग्गा कारोबारः गत पुसमा ४ अर्ब २५ करोड राजश्व संकलन
बाबुराम भट्टराई भोलि भारत भ्रमणमा जाने
बाबुराम भट्टराई भोलि भारत भ्रमणमा जाने
नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी
नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी
रुकुम पश्चिममा भेरी नदीमा टिपर खस्यो, ३ जना बेपत्ता
रुकुम पश्चिममा भेरी नदीमा टिपर खस्यो, ३ जना बेपत्ता
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेट